default_image

6 months ago

January 23, 2024

भारत एसियन कपका सबै खेलमा पराजित

2641 views

0 Bookmark

एजेन्सी – लगातार दोस्रो पटक एसियन कपमा छनोट भएको भारतले समूह चरणको सबै खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

आज भएको समूह चरणको अन्तिम खेलमा सिरिया विरुद्ध १-० ले पराजित भएसँगै भारतले सबै खेल हारेको हो ।

ओमार ख्रिबिनको ७६औं मिनेटको गोलको मद्दतले सिरियाले जित दर्ता गर्यो । भारतले भने तीनै खेलमा एक गोल समेत गरेन भने छ गोल खान पुग्यो । आजको खेलमा भारतले जित हासिल गर्न सकेको भएमा तेस्रो स्थानमा रहि अन्तिम १६ मा पुग्ने सम्भावना जीवित रहन्थ्यो । तर आज हार बेहोरेसंगै त्यो सम्भावना पनि सकिएको हो ।

एसियन कपमा हरेक समूहका शीर्ष दुई टोली सहित तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट ४ टोली पनि अन्तिम १६ मा पुग्ने समीकरण रहेको छ ।

यस्तै सोही समूहको अर्को खेलमा आज अष्ट्रेलिया र उज्बेकिस्तान १-१ को बराबरी खेल्दै क्रमश: पहिलो र दोस्रो हुँदै नकआउटमा आफ्नो स्थान सुरक्षित गरेका छन् । अष्ट्रेलियाले ३ खेलमा ७ अंक हासिल गर्यो भने उज्वेकिस्तानले ५ अंक बटुल्यो । सिरिया ४ अंक सहित तेस्रो रह्यो ।

सिरियाले अन्तिम १६ मा आफ्नो स्थान पक्का भए-नभएको थाहा पाउनका लागि समूह चरणको अन्तिम खेलमा सम्म कुर्नु पर्ने हुन्छ ।

एसियन कपमा समूह सि का दुई खेल आज नै हुँदै छन् । ८:४५ बजे हङकङ र प्यालेस्टाइन भिड्दा इरान र युएई पनि एक अर्कासँग भिड्ने छन् । 

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.