default_image

6 months ago

January 24, 2024

चेल्सी लिग कपको‌ फाइनलमा

518 views

0 Bookmark

एजेन्सी – चेल्सी लिग कपको‌ फाइनलमा पुगेको छ।
मिडल्सब्रोलाई गएराति सेमिफाइनलमा ६-१ ले हराएपछि समग्रमा ६-२ को अग्रता सहित चेल्सी अन्तिम दुईमा पुगेको हो । पहिलो लेगमा मिडल्सब्रो १-० ले विजयी भएको थियो।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सी पहिलो हाफमा ४-० ले आगाडि रहेको गोल थियो। १५ औं मिनेटमा मिडल्सब्रोका जनी हाउसनले आत्मघाती गोलबाट चेल्सीले अग्रता लियो।

इन्जो फर्नान्डेजले२९ औं‌ , डिसासीले ३६औं र कोल पाल्मेर ४२ औं मिनेटमा गोल गरेपछि खेलमा चेल्सीको पकड बलियो भएको थियो।

७७ औं मिनेटमा पनि कोल पालमर र ८१ औं मिनेटमा नोनी मेड्युकेले गोल थपेपछि चेल्सीको जित सहज बन्यो । मिडल्सब्रोका रोजर्सले ८८ औं‌ मिनेटमा सान्त्वना गोल गरेका थिए।
चेल्सीले फुलह्याम र लिभरपुलबीचको विजेतासँग फाइनल खेल्नेछ। लिभरपुल पहिलो लेगमा २-१ ले विजयी भएको थियो।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.