default_image

2 years ago

January 26, 2024

विभागीय डर्बीमा पुलिसलाई सफलता

546 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब आहा!रारा पोखरा गोल्डकप‌ फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

विभागीय डर्बीमा एपिएफ फुटबल क्लबलाई २-० हराउँदै पुलिस अन्तिम आठमा पुगेको हो ।

पोखरा रंगशालामा पुलिसलाई जिताउन दुबै गोल मानबहादुर परियारले गरे । उनले पहिलो हाफ र दोस्रो हाफमा‌ गोल गरे ।

१९ औं मिनेटमा प्रताप गुरुङको फ्रिकिकमा पेनाल्टी बक्सबाट मानले हेड मार्फत पहिलो गोल गरेका हुन्। ७१औं मिनेटमा क्रसमा आएको बलमा हेड मार्फत नै उनले दोस्रो गोल गरे।

२०६४ मा भएको छैटौं आहा गोल्डकपको फाइनलमा यिनै दुई विभागीय टोली फाइनलमा पुगेका थिए । त्यतिबेला पनि पुलिसले एपिएफलाई २–० ले हराएको थियो ।

२२ औं संस्करणसम्म ११ पटक फाइनल खेलको पुलिसले ६ पटक उपाधि जितेको थियो। पुलिसले क्वार्टरफाइनलमा माघ १६ गते चर्च ब्वाइजको सामना गर्नेछ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा शनिबारबाट क्वार्टरफाइनलका खेल सुरु हुनेछन् ।

पहिलो क्वाटरफाइनलमा भुटानको पारो एफसी र थ्रीस्टारबीच हुनेछ । थ्री स्टारले पहिलो खेलमा आयोजनक टोलीलाई हराएको थियो। पारो सिधै क्वाटरफाइनलमा खेल्दै छ।

आहाको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.