default_image

6 months ago

January 27, 2024

रियल पुनरागमन जित सहित शीर्षस्थानमा

778 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा शनिबार लास पालमास विरुद्ध जित निकाल्दै रियल म्याड्रिड तालिकाको शीर्षस्थानमा उक्लिएको छ । रियलले २-१ को पुनरागमन जित निकाल्दै पहिलो स्थानमा उक्लिएको हो ।

रियलको जितमा भिनिसियस जुनियर र औरेलिन चुवामेनीले गोल गरे । पालमासको लागि जाभियर मुनोजले गोल गरे।

लास पालमासले ५३औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । सान्ड्रो रमिरेजको पासमा मुनोजले गोल गर्दै खेलमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर रियलले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्यो । ६५औं मिनेटमा एडवार्डो कामाभिंगाको सुन्दर पासमा गोल गर्दै भिनिसियसले खेललाई बराबरीमा ल्याएका थिए ।

दोस्रो गोल रियलले ८४औं मिनेटमा गर्यो । टोनी क्रुसको कर्नरमा चुवामेनीले हेडर मार्फत गोल गर्दै रियललाई जित दिलाए ।

जित पछि रियल २१ खेलमा ५४ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको जिरोनाको समान २१ खेलमा ५२ अंक छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.