default_image

6 months ago

January 28, 2024

बार्सिलोनाको अर्को हार

394 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाले ला लिगामा शनिबार अर्को हार बेहोरेको छ । भिल्लारियलले बार्सिलोनालाई ५-३ ले हराएको हो ।

खेलको ४१ औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई सुरुवाती अग्रता दिलाएका थिए । ५४औं मिनेटमा इलियास अखोमाचले गोल गर्दै भिल्लारियलको अग्रता दोब्बर बनाएका थिए ।

२-० ले पछि परेको अवस्थाबाट खेलमा फर्केको बार्सिलोनाले एक समय ३-२ को अग्रता समेत लिएको थियो। तर त्यसलाई जोगाउन सकेन।

६० औं मिनेटमा बार्सिलोनाका लागि इल्के गुन्डोगनले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । ६८औं मिनेटमा पेड्रीले गोल गरेपछि खेलमा २-२ गोलको बराबरी भयो ।
खेलको ७१ औं मिनेटमा भिल्लारियलका इरिक बेल्लीले आत्मघाती गोल गरेपछि बार्सिलोनाले ३-२ को अग्रता लिएको थियो । तर खेलको ८४औं मिनेटमा भिल्लारियलका लागि गोनकालो गिउडेसले बराबरी गोल फर्काए ।

इन्जुरी समयको नवौं मिनेटमा एलेक्सजेन्डर सोर्लोथले र १२ औं मिनेटमा जोसे लुइस मोरालेसले गोल गरेपछि खेल भिल्लारियलले ५-३ ले जित्यो ।

ला लिगामा सिजनको तेस्रो हार बेहोरेको बार्सिलोना २१ खेलबाट ४४ अंकका साथ लिगको तेस्रो स्थानमा छ । शीर्षस्थानमको रियल म्याड्रिड भन्दा बार्सिलोना १० अंकले पछाडि छ । २२ खेलमा २३ अंकका साथ भिल्लारियल तालिकाको १४औं स्थानमा छ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.