default_image

6 months ago

January 28, 2024

जाभीले बार्सिलोना छाड्ने

539 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले क्लब छाड्ने घोषणा गरेका छन् । लगातारको खराव प्रदर्शनसँगै जाभीले सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेका हुन् ।

ला लिगा अन्तरगत शनिबार राति घरेलु मैदानमा भिल्ला रियलसँग ५–३ ले पराजित भएसँगै जाभीले क्लब छाड्ने मनासय बनाएका हुन् । पराजित भएको पछिल्ला ३ खेलमा बार्सिलोनाले चार गोल खाएको छ ।

बार्सिलोना र स्पेनका पूर्व मिडफिल्डर जाभीले नोभेम्बर २०२१ मा कतारी क्लब अल साद छाडेर बार्सिलोनाको मुख्य प्रशिक्षकको जिम्मेवारी लिएका थिए ।

उनले २०२२–२३ मा आफ्नो पहिलो सिजनमा बार्सिलोनालाई ला लिगाको उपाधि दिलाएका थिए । तर, यो सिजन बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडसँग १० तथा दोस्रो स्थानको जिरोनासँग ८ अंकले पछि परिसकेको छ ।

‘म क्लबको मान्छे हुँ । मैले यसलाई आफूभन्दा माथि प्राथमिकतामा राखेको छु । मैले आफूसँग भएका सबै कुरा दिए ।’ जाभीले भने, ‘र म फ्समर्थकहरूलाई गर्व महसुस गराउन त्यसो गरिरहनेछु ।’

सन् २०१० को विश्वकप विजेता जाभीले बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा, उपाध्यक्ष राफा युस्टे र खेल निर्देशक डेकोसँगको छलफलपछि यो निर्णय गरेको बताएका छन् । बार्सिलोनामा उत्कृष्ट खेल करिअरमा २५ उपाधि र अवार्ड जितेका ४४ वर्षीयाले जाभीले आफ्नो सम्झौताको एक वर्ष बाँकी रहेपनि जुन ३० मा औपचारिक रूपमा राजीनामा दिनेछन् ।

‘मलाई लाग्छ कि क्लबलाई गतिशील परिवर्तन चाहिन्छ । खेलाडीहरूले आफूलाई मुक्त गर्नेछन् । हामी धेरै तनावका साथ खेल्छौं ।’ जाभीले भने, ‘बोर्डको भलाईको लागि, मैले छोड्नु राम्रो हो । म मेरो राम्रो दिनेछु ।’

यस महिना स्पेनिस सुपर कपको फाइनलमा प्रतिद्वन्द्वी रियल म्याड्रिडसँग ४–१ को हारपछि जाभीले आफ्ना खेलाडीहरूले आफूमाथि विश्वास गुमाएमा आफूले क्लब छाड्ने बताएका थिए ।

रियलसँगको हारपछि बार्सिलोनाले लगातार दुई जित निकालेको थियो । तर, बुधबार एथलेटिको बिल्बाओसँग ४–२ ले पराजित भएर कोपा डेल रेबाट बाहिरियो । त्यसपछि भिल्लारियलसँग ५–३ ले पराजित भएसँगै बार्सिलोनाको ला लिगा उपाधि दौड कमजोर बनेको छ ।

जाभीले यो सिजन बार्सिलोनाले च्याम्पियन्स लिग जितेपनि आँफु क्लबमा नरहने बताएका छन् । बार्सिलोनाले अर्काे महिना च्याम्पियन्स लिगको अन्तिम १६ मा इटालियन क्लब नेपोलीसँग खेल्दैछ ।

‘मैले च्याम्पियन्स लिग जितेपनि म आफ्नो निर्णय बदल्ने छैन । म भोलि खेलाडीहरूलाई भन्नेछु । म सबैभन्दा जिम्मेवार हुँ, त्यसैले खेलाडीहरूले अब स्वतन्त्र महसुस गर्नेछन् ।’ उनले थपे ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.