default_image

6 months ago

January 29, 2024

रियललाई पछि पार्दै जिरोना पुनः शीर्षमा

591 views

0 Bookmark

एजेन्सी – जिरोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा
उक्लिएको छ । आइतबारको खेलमा जिरोनाले सेल्टा भिगोलाई १–० ले हराएको थियो।

क्रिस्टियन पोर्टुले खेलको २० औं मिनेटमा गोल गरेका थिए। त्यहि गोल खेलमा निर्णायक बन्यो ।

रियल म्याड्रिड शनिबार लास पालमासलाई २–१ ले हराएपछि ला लिगाको शीर्ष स्थानमा उक्लिएको थियो । २४ घन्टा नबित्दै जिरोना पुनः शीर्षस्थानमा उक्लिएको छ।

२२ खेलमा जिरोनाको ५५ अंक छ भने २१ खेलमा रियलको ५४ अंक छ । तेस्रो स्थानको एट्लेटिको म्याड्रिड र चौथो स्थानको बार्सिलोनाको समान ४४ अंक छ। सेल्टा भिगो १७ अंकका साथ १७ औं स्थानमा छ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.