default_image

6 months ago

January 30, 2024

मेस्सी नेतृत्वको मायामी पराजित

796 views

0 Bookmark

एजेन्सी – साउदी अरेबिया भ्रमणमा‌ रहेको इन्टर मायामी मैत्रीपूर्ण खेलमा अल हिलालसँग पराजित भएको छ। लियोल मेस्सी नेतृत्वको मियामी सोमबार ४–३ ले पराजित भएको थियो ।

किंगडम एरिनामा भएको खेलमा अल हिलालको जितमा अलेक्सजेन्डर मित्रोभिच, अब्दुल्ला अल हमदम, माइकल र माल्कोमले गोल गरे । मायामीका लागि मेस्सी, लुइस स्वारेज, र डेविड रुइजले गोल गरे ।

१०औं मिनेटमा मित्रोभिचको गोलबाट अल हिलालले अग्रता लिएको थियो । तीन मिनेटपछि नै हमदमले टोलीको अग्रता दोब्बर बनाए ।

स्वारेजले ३४ औं मिनेटमा गोल गर्दै टोलीलाई‌ खेलमा फर्काउने कोसिस गरे । मायामी आबद्ध भएपछि स्वारेजको‌ त्यो पहिलो गोल हो । माइकलले ४४ औं मिनेटमा गोल गर्दा अल हिलालले पहिलो हाफमा ३–१ को अग्रता बनाएको थियो। 

दोस्रो हाफमा एक मिनेटमा मायामीले २ गोल गरेपछि खेल‌ रोमान्चक बनेको थियो । ५४ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गरे भने ५५ औं मिनेटमा रुइजले गोल गरेपछि खेलमा ३-३ को‌ बराबरी भएको‌ थियो।

तर खेल सकिन‌ २ मिनेट बाँकी रहँदा माल्कोमले गोल गरेका थिए । त्यहि गोल खेलको निर्णायक बनेको थियो।
मेस्सीको‌ नेतृत्वमा रहेको टोलीले बिहीबार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा‌ रहेको अल नासारको सामना गर्नेछ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.