default_image

6 months ago

January 30, 2024

आइभोरी कोस्टसँग साविक विजेता सेनेगल पराजित 

271 views

0 Bookmark

एजेन्सी – साविक विजेता सेनेगल अफ्रिका कप अफ नेसन्सबाट बाहिरिएको छ । सोमबार राति भएको प्रि-क्वार्टरफाइनलखेलमा घरेलु टोली आइभोरी कोस्टविरुद्ध टाईब्रेकरमा ५-४ ले पराजित हुँदै सेनेगल बाहिरिएको हो ।

खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा र अन्तिममा पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलको चौथो मिनेटमा हबिबु डियालोले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए । सेनेगलले खेल अवधिभर राम्रो डिफेन्स प्रदर्शन गरेपनि खेलको अन्त्यतिर पेनाल्टी मार्फत गोल खान पुग्यो ।

घरेलु टोलीका लागि फ्र्याङ्क केसीले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

 पेनाल्टीमा आइभोरी कोस्ट ५–४ ले विजयी भयो । सेनेगलका लागि मोसा नियाखाटे पेनाल्टी मिस गर्ने एकमात्र खेलाडी थिए। आयोजकका लागि सबै खेलाडीले गोल गरे ।   

आइभरी कोस्टले क्वाटरफाइनलमा माली र बुर्किना फासोबीचको खेलको विजेतासँग खेल्नेछ । अफ्रिका कप अफ नेसन्समा आज दुई प्रि क्वाटरफाइनल खेल हुँदैछ । माली र बुर्किना फासो राति १०:४५ मा भिड्नेछन् । मोरक्कोले राति १:४५ मा दक्षिण अफ्रिकासँग खेल्नेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.