default_image

6 months ago

January 30, 2024

मध्यपुर थिमी वडा लिग माघ अन्तिमबाट सुरु हुने

166 views

0 Bookmark

मध्यपुर (हाम्रो खेलकुद)- मध्यपुर युथ एसोसिएसनको आयोजना यो महिनाको‌ अन्त्यमा दोस्रो मध्यपुर थिमी नगरपालिका वडा लिग फुटबल प्रतियोगिता हुने भएको छ।

मध्यपुर थिमी नगरपालिकाले आर्थिक सहयोगमा माघ २९ गते देखि फागुन २४ गतेसम्म हुने मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिइयो।

मध्यपुर थिमी नगरपालिकाका‌ मेयर सुरेन्द्र श्रेष्ठ र मध्यपुर युथ एसोसिएसनका‌ अध्यक्ष उपेन्द्रमान सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरे।

मध्यपुर थिमि नगरपालिका ९ वडाहरुले सहभागिता रहने लिग राउण्ड रोबिनको आधारमा खेल हुनेछ । हरेक टोलीले ८ खेल खेल्ने लिगमा ३६ खेल हुने बताइएको छ। लिग स्थानीय बासिन्दाले मात्र खेल्न पाउनेछन्।

लिगको विजेताले २, लाख ५० हजार, दोस्रोले १ लाख २५ हजार र तेस्रो टोलीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछ।
प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीले ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर डिफेन्स, मिडफिल्ड , फरवार्ड र प्रशिक्षकले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताका सर्वोकृष्ट खेलाडीले २० हजार र फेयर प्ले टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ। २८ लाख २४ हजार खर्च हुने अनुमान गरिएको प्रतियोगिताका‌ लागि मध्यपुर थिमी नगरपालिकाले २५ लाख रुपैयाँ उपलब्ध गराउने बताइएको छ । सहिद स्मारक बि डिभिजन टोली मध्यपुर २०६३ सालमा स्थापना भएको हो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.