default_image

6 months ago

January 30, 2024

थाइल्याण्डलाई हराउँदै उज्बेकिस्तान क्वार्टरफाइनलमा

576 views

0 Bookmark

एजेन्सी – थाइल्याण्डमाथि जित हात पार्दै उज्बेकिस्तान कतारमा जारी एएफसी एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अल जनुब स्टेडियममा मंगलबार भएको खेलमा उज्बेकिस्तानले २-१ को जित हात पारेको हो । उज्बेकिस्तानले खेलको ३७औं मिनेटमा खेलमा सुरुवाती अग्रता लिएको थियो । दियोर होल्मातोभको पासमा अजिजबेक तर्गुनबोएभले गोल गर्दै सुरुवाती अग्रता लिएको थियो ।

५८औं मिनेटमा थाइल्याण्डले बराबरी गोल गर्यो । सुपाचोक साराचार्टले बराबरी गोल गरेका थिए । तर ६५औं मिनेटमा उज्बेकिस्तानले पुनः खेलमा अग्रता लियो । अब्बोसबेक फैजुलाएभले जलोलिद्दिन माशारिपोभको पासमा गोल गर्दै अग्रता दिलाए । अन्त्यमा सोही गोल नै जितका लागि पर्याप्त भयो ।

उज्बेकिस्तानले अब सेमिफाइनल प्रवेशका लागि घरेलु टोली कतार विरुद्ध खेल्नेछ । आज हुने अर्को क्वाटरफाइनलमा रातको ९:४५ बजे दुई दावेदार दक्षिण कोरिया र साउदी अरब भिड्नेछन् ।

डेब्यु गरिरहेको ताजिकिस्तानसँगै जोर्डन र अष्ट्रेलियाले यसअघि अन्तिम ८ मा स्थान सुरक्षित गरिसकेका छन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.