default_image

6 months ago

January 30, 2024

मकवानपुर गोल्डकपमा बागमतीसँग पारोको हार

447 views

0 Bookmark

मकवानपुर (हाम्रो खेलकुद)– सर्लाहीको बागमती युवा क्लबले सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

हेटौँडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रंगशालामा सुरु भएको गोल्डकप भुटानको पारो एफसीलाई ३–१ ले हराउँदै बागमतीले जितबाट यात्रा सुरु गरेको हो । बागमतीका लाग राज भुसालले २ र सृजन गौतमले १ गोल गरे ।

सातौं मिनेटमा राजको गोलबाट बागमतीले अग्रता लिएको थियो । सृजनले २५ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा बागमतीले २–० को अग्रता बनाएको हो । राजले ४९ औं मिनेटमा अर्को गोल गरे ।

खेलको सकिन १० मिनेट रहदा पारोका सृजुव दोर्जीले गोल फर्काएका थिए । पारो पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा पनि पहिलो खेलबाट बाहिरिएको थियो ।

म्यान अफ द म्याच बागमतीका राज भुसालले १० हजार रुपैयाँ प्राप्त गरे । माघ २७ गतेसम्म हुने मकवानपुर गोल्डकपको छैटौं संस्करणमा १२ टोलीको सहभागिता छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा ए डिभिजन टोली एनआरटी र हिमालयन शेर्पा क्लबबीच हुनेछ ।

मकवानपुरका स्थानीय तहहरूको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १५ लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल पाउनेछन् । विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.