default_image

6 months ago

January 31, 2024

उपाधि दाबेदार जापान एसियन कपको क्वाटरफाइनलमा

1643 views

0 Bookmark

एजेन्सी – बहराइनमाथि सहज जित निकाल्दै उपाधि दाबेदार जापान कतारमा जारी एसियन कपको क्वाटरफाइनमा प्रवेश गरेको छ । दोहास्थित अल-थुमामा स्टेडियममा भएको खेलमा जापान ३-१ ले विजयी भएको हो ।

३१औं मिनेटमा रित्सु दोआनले रिबाउण्डमा गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । ४९औं मिनेटमा ताकेफुसा कुबोले गोल गर्दै अग्रता दोब्बर बनाए ।

६४औं मिनेटमा बहराइनले एक गोल फर्काउन सफल भयो । जापान गोलरक्षक जायन सुजुकीले बचाउ गरेपछि दोस्रोपटकमा आफ्नै डिफेन्डर सँग सम्पर्क नमिलेपछि उनले समात्न खोजेको बल आफ्नै जालिमा हालेका थिए । तर ७२औं मिनेटमा आयासे युएडाले गोल गर्दै दुई गोलको अन्तर कायम गर्दै जित सुनिश्चित गरे ।

जापानले अब सेमिफाइनल प्रवेशका लागि इरान र सिरिया बीचको विजेता विरुद्ध खेल्नेछ । सो प्रि-क्वाटरफाइनल खेल आज राति ९:४५ बजे हुने छ । सो खेलले क्वाटरफाइनलमा पुग्ने सबै टोलीको टुंगो लगाउने छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.