default_image

6 months ago

February 1, 2024

चेल्सीमाथि लिभरपुलको‌ सानदार जित

341 views

0 Bookmark

एजेन्सी – इंग्लिस लिस प्रिमियर लिगको शीर्ष टोलीले लिभरपुलले बुधबार चेल्सीलाई‌ ४-१ ले हराएको छ।

लिभरपुलको जितमा डिएगो जोटा, कोनोर ब्राडले, डोमोनिक र लुईस डियाजले समान १ गोल गरे । चेल्सीका लागि क्रिष्टोफोर एनकुन्कुले १ गोल फर्काए ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलले २३ औं मिनेटमा जोटाले कोनोर ब्राडलेको पासमा गोल गर्दै अग्रता दिलाए । ३९ औं मिनेटमा डियाजको पासमा कोनोरले गोल गर्दा लिभरपुल पहिलो हाफमा २-० ले अगाडि रह्यो।

६५ औं मिनेटमा डामोनिकले गोल थपे । ७१ औं मिनेटमा चेल्सीका नुक्नुले गोल गर्दै अन्तर ३-१ बनाए । डियाजले ७९ औं मिनेटमा गोल गरेपछि लिभरपुलले ४-१ ले खेल जित्यो ।

यस जितले शीर्षस्थानको लिभरपुलले पुनः ५ अंकको अग्रता बनाएको छ । २२ खेलमा टोलीको ५१ अंक छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी ४६ अंक छ । १० औं स्थानमा रहेको चेल्सीको ३१ अंक छ।

प्रिमियर लिगकै अर्को खेलमा टोटेनहमले ब्रेन्टफोर्डलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । टोटेनहम ४३ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । १४औं स्थानको‌ ब्रेन्टफोर्डकाे २२ अंक छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.