default_image

6 months ago

February 1, 2024

एपिएफ मकवानपुर गोल्डकपको क्वाटरफाइनलमा

1030 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लब हेटौंडामा जारी छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगितको क्वाटरफाइनलमा पुगेको छ ।

गोलकिपर एञ्जल श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेपछि ए डिभिजन टोली मच्छिन्द्रलाई बिहीबार टाइब्रेकरमा ४–३ पराजित गर्दै एपिएफ अन्तिम आठमा पुगेको हो ।

एपिएफका गोलकिपर एञ्जलले टाइब्रेकरमा दुईवटा प्रहार रोकेका थिए । उनले मच्छिन्द्रका सनिस श्रेष्ठ र करिमको पेनाल्टी विफल पारेका थिए । मच्छिन्द्रका विमल घर्तिमगर, झिजोबा क्रिस्पटिफोर र सौरव लिम्बुले गोल गरेका थिए ।

टाइब्रेकरमा एपिएफका विदेशी खेलाडी एनिसेट, फोडे फोफना, कुलदिप कार्की र दीपेश धिमालले गोल गरेका थिए । म्यान अफ दी म्याच चुनिए एपिएफका गोलकिपर एञ्जलले १० नगद हजार रुपैयाँ प्राप्त गरे ।

त्यसअघि निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल सिधै टाइब्रेकरको लगिएको थियो । एनिसेटकको गोलमा खेलमा अग्रता एपिएफले नै लिएको थियो । ३९ औं‌ मिनेटमा कुलदिप कार्कीको पासमा एनिसेटले हेड मार्फत गोल गरेका हुन् ।

त्यसपछि खेलमा मच्छिन्द्रले दबाब बढाएको थियो । ७२ औं मिनेटमा विमलले हेडमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । सौरवको को क्रसलाई विमलले गोल गरेका थिए।

एपिएफले क्वाटरफाइनलमा थ्रीस्टार‌ क्लबको सामना गर्नेछ । थ्री स्टारले शनिबार त्रिभुवन आर्मी फुटबल क्लबसँग पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको फाइनल खेल्नेछ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा
हेटौंडा–६, गौरिटारमा जारी प्रतियोगितामा शुक्रबार नेपाल पुलिस क्लब र धनकुटाको राजारानी फुटबल क्लबवीच प्रतिस्पर्धा हुनेछ ।

मकवानपुरका स्थानीय तहहरूको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १५ लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल पाउनेछन् ।विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.