default_image

12 months ago

February 2, 2024

मेस्सीको मियामीको लज्जास्पद हार

3665 views

0 Bookmark

एजेन्सी – लियोनल मेस्सीको इन्टर मियामीले अल नासारसँगको मैत्रीपूर्ण खेलमा लज्जास्पद हार बेहोरेको छ।

साउदी अरेबियामा‌ बिहीबार भएको खेलमा मियामीविरुद्ध अल नासारले‌ ६-० जित निकालेको थियो।
मेस्सी र  लामो समयदेखि उनका प्रतिद्वन्दी रहेका क्रिस्टियानो रोनाल्डोबीचको‌ रोमान्चक भिडन्त हेर्ने दर्शकहरुको चाहाना भने पूरा भएन । चोटका कारण रोनाल्डोले दर्शनदिर्घामा रहेर खेलको मज्जा लिएका थिए।

मेस्सी पनि‌ अन्तिम सात मिनेट मात्र खेलेका थिए। उनले नतिजामा‌ प्रभाव पार्ने अवस्था नै थिएन। किनकी टोली त्यतिबेला सम्म ६-० ले पछि परिसकेको थियो।
म्यानचेस्टर सिटीका पूर्व डिफेन्डर एमिरिक लापोर्टेले आफ्नो हाफबाट फ्रिकिकमा सनसनीपूर्ण गोल गरेका थिए।

ब्राजिलियन टालिस्काले‌ ह्याट्रिक पूरा गरेको खेलमा साउदीको प्रो लिग टोलीले सुरुवाती १२ मिनेटमा नै ३-० को अग्रता लिएको थियो।

टालिस्काले व्यक्तिगत पहिलो गोल गर्नुअघि ओटाभियोले टोलीको लागि गोलको खाता खोलेका थिए। त्यसपछि लापोर्टेले लामो फ्रिकिकमा गोल गर्दा मियामीका गोलकिपर ड्रेक क्यालेन्डरले रोक्न सकेनन्।

टालिस्काले पेनाल्टीमा दोस्रो गोल गरेपछि ५१ औं मिनेट अल नासर ४-० ले अगाडि रह्यो। टालिस्काले हेडर गोल गरेर ह्याट्रिक पूरा गर्नुअघि टोलीका लागि मोहम्मद मारनले पाँचौं गोल गरेका थिए।

January 24, 2025

गोर्खाली कप फागुन दोस्रो साता हुने

काठमाडौं (हाम्रो खेलकुद) – गोरखा जिल्लाको परिचित गोर्खाली रनिङ कपको नवौं संस्करण फागुन ७ गतेबाट हुने भएको छ । गोरखा जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक हरमटारी क्लबले जनाएको छ । उपविजेताले २ लाख पुरस्कार पाउने बुधबार पत्रकार सम्मेलन गर्दे क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो । जिल्लामै […]

January 24, 2025

टोटनहमको जितमा सनको २ गोल

एजेन्सी – कप्तान सन ह्युङ–मिनले २ गोलमा टोटनहमले युरोपा लिगमा जर्मन क्लब होफेनहाइममाथि रोमाञ्चक जित दिलाए । होफेनहाइमको घरेलु मैदान भएको खेलमा टोटनहमले ३-२ को जित हासिल गर्यो । टोटनहमको जितमा सन बाहेक जेम्स म्याडिसनले गोल गरे । घरेलु टोलीका लागि एन्टोन स्टाच र डेभिड मोक्वाले गोल गरे । खेलको तेस्रो मिनेटमा टोटनहमका लागि म्याडिसनले […]

January 24, 2025

ब्रुनोको गोलमा युनाइटेडको जित

एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेसले इन्ज्युरी समयमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा बिहीवार रेन्जर्सलाई २-१ ले हराएको छ। फर्नान्डेसले इन्ज्युरी समयको दोस्रो मिनेटमा निर्णायक गोल गरे । त्यसअघि रेन्जरका गोलकिपर ज्याक बट्ल्यान्डले आत्मघाती गोल गरेपछि युनाइटेडले ५२ औं मिनेटमा अग्रता लियो। सेरियल डेसेर्सको ८८ औं मिनेटमा बराबरी गोल गर्दैै रेन्जर्सलाई खेलमा फर्काए। तर टोलीले […]

Success

Thank you for your time.