default_image

6 months ago

February 2, 2024

म्यानचेस्टर युनाइटेडको रोमान्चक जित

366 views

0 Bookmark

एजेन्सी – कोबी माइनुले इन्ज्युरी समयको सातौं मिनेटमा गोल गरेपछि प्रिमियर लिगमा बिहीबार म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई ४-३ ले हराएको छ।

उल्भ्सका लागि पेड्रो नेटोले बराबरी गोल गरेको दुई मिनेटपछि माइनुले निर्णायक गोल गरेका थिए। प्रिमियर लिगमा त्यो उनको पहिलो गोल हो।

पहिलो हाफमा २-० र ८५ औं मिनेटमा ३-१ ले पछि रहेको खेलमा समेत उल्भ्सले बराबरी गरेको थियो। तर टोलीले बराबरीलाई जोगाउन सकेन। १८ वर्षे माइनुले गोल गर्दै टोलीलाई ३ अं‌क दिलाए ।

मार्कोस रासफोर्डले पाँचौं मिनेटमा गोल गरेका थिए। २२औं मिनेटमा रासमुस होजलुन्डले गोल गर्दै अग्रता दोब्बर पारेका थिए।

७१ औं मिनेटमा पाब्लो सर्बियाको पेनाल्टी गोलमा उल्भ्सले अन्तर घटाएको थियो। ७५ औं‌ मिनेटमा स्कट म्याकटोमिनियाले कर्नरबाट आएको बलमा हेडर गोल गरेर पुनः युनाइटेडको अन्तरलाई बढाए।

त्यसपछि पनि खेलमा रोमान्चकता जारी रह्यो । ८५ औं मिनेटमा उल्भ्सका कप्तान किलमनले गोल गरेका थिए। त्यसपछि ९ मिनेट इन्ज्युरी समयमा दुबै टोलीले समान १ गोल थप्दा युनाइटेडले बाजी मार्यो ।

३५ अंक पुगेको युनाइटेड तालिकाको सातौं स्थानमा उक्लेको छ। २९ अंकका साथ उल्भ्स ११ औं स्थानमा छ। अर्को खेलमा वेस्ट ह्याम र बर्नमाउथले १–१ को बराबरी खेलका थिए ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.