2 years ago
February 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिशहोमको एक्सन स्पोर्टसमा हुँदै आएको छ ।
पोखरा रंगशालामा शनिबार हुने फाइनलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टसका साथै डिशहोमको गो एपमा पनि हेर्न पाइने भएको छ । ‘गो एप’मा पनि एचडी क्वालिटीमा नै आउने डिशहोमले जनाएको छ।
डिश होमले आहा रारा पोखरा गोल्डकपको प्रत्यक्ष प्रसारण गरेको यो दोस्रो पटक हो ।
सहारा क्लब पोखराले आयोजना गरेको आहा रारा पोखरा गोल्डकपको फाइनलमा यस पटक दुई ए डिभिजन टोली थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ। फाइनल खेल दिउँसो १:०० बजे सुरु हुनेछ।
थ्री स्टारले ५ पटक आहा राराको च्याम्पियन बनिसकेको छ भने पाँचौं पटक फाइनल खेल्ने क्रममा रहेको आर्मीले अहिलेसम्म उपाधि जितेको छैन।

थ्री स्टारले जावलाखेल युथ क्लबलाई १-० र आर्मीले ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-१ ले हराउँदै एकअर्कासँगको फाइनल भेट पक्का गरेका थिए।
आहा राराको विजेताले१२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]