default_image

6 months ago

February 2, 2024

यु-१९ महिला साफ: नेपाल बंगलादेश विरुद्ध पराजित 

293 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा पराजित भएको छ । ढाका स्थित वीरश्रेष्ठ शहीद सिपाही मुस्तफा कमल रंगशालामा भएको खेलमा नेपाल घरेलु टोली विरुद्ध ३-१ ले पराजित भएको हो ।

प्रतिस्पर्धात्मक भएको पहिलो हाफमा नेपालले अन्त्यतिर दुई गोल खान पुगेको थियो । ४०औ मिनेटमा सागोरिका र ४२औ मिनेटमा मुन्की अख्तरले गोल गर्दै बंगलादेशलाई पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएका थिए ।

५४औ मिनेटमा नेपालका सुक्रिया मियाले गोल गर्दै दुई गोलको अग्रता एक गोलमा घटाएकी थिइन् । तर त्यसको तीन मिनेटमा सागोरिकाले  गर्दै बंगलादेशको दुई गोलको अग्रता कायम गरिन् । 

नेपालले दोस्रो खेल भुटानसँग माघ २१ मा खेल्नेछ भने तेस्रो तथा अन्तिम खेलमा भारतसँग माघ २३ गते खेल्नेछ । भारतले आज उद्घाटन खेलमा भुटान माथि १०-० को फराकिलो अन्तरले जित हात पारेको थियो । फाइनल माघ २५ गते हुनेछ । 

आयोजक बंगलादेशसहित नेपाल, भारत, र भुटान गरी ४ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । राउण्ड रोबिन लिग आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.