1 year ago
February 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पले फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई डेब्यु दिएको खेलमा बराबरी खेलेको छ ।
बोर्डोको मैदानमा ग्वेंगाम्पले पहिलो हाफमै लिएको अग्रता गुमाएपछि १-१ को बराबरी खेलेको हो । आठौं मिनेटमा एन्टोइन स्टारोभाले ग्वेंगाम्पलाई अग्रता दिलाएकी थिइन् । लौरा बौर्गोइनले ३६ औं मिनेटमा बराबरी गोल गरिन् । पेनाल्टी क्षेत्र बाहिरको प्रहार उनलाई लाग्दा गोलरक्षक बिट भएकी थिइन् ।
दोस्रो हाफको सुरुवातदेखि वार्मअपमा व्यस्त साम्बाले खेलको ७५ औं मिनेटमा मैदान प्रवेश गर्ने अवसर पाएकी थिइन् । उनले खेलमा गोल गर्ने अवसर नपाएपनि मिडफिल्डमा झरेर केहि पास साटफेर गरेकी थिइन् ।
साम्बालाई शुक्रबार मात्र ग्वेंगाम्पले अनुबन्ध गरेको आधिकारिक रुपमा जानकारी दिएको थियो । बेन्चमा रहेकी साम्बाले अन्त्यतिर मात्र अवसर पाएकी थिइन् ।
यस बराबरीले आठौँ स्थानमा नै रहेको ग्वेंगाम्पको १३ खेलमा २ जित, ३ बराबरी र ८ हारसहित ९ अंक भएको छ । त्यस्तै पुछारको बोर्डोको १३ खेलमा ६ अंक छ ।
ग्वेंगाम्पले अब शनिबार लिग अन्तर्गत फ्लुरी ९१ को सामना गर्नेछ । फेब्रुअरी १७ मा भने ग्वेंगाम्प र पेरिस सेन्ट जर्मेनको भिडन्त हुनेछ ।
February 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]
February 10, 2025
हिमाल खरेल, बिर्तामोड सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो । प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर […]
February 10, 2025
हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]