default_image

6 months ago

February 4, 2024

एट्लेटिकोलाई पछि पार्दै बार्सिलोना तेस्रो स्थानमा उक्लियो

753 views

0 Bookmark

एजेन्सी – एट्लेटिको मड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाकाे तेस्रो स्थानमा उक्लिएको छ । शनिबार राति डिपोर्टिभो एलाभेसलाई ३–१ ले पराजित गर्दै बार्सिलोना तेस्रो स्थानमा उक्लन सफल भएको हो ।

घरेलु टोली डिपोर्टिभो एलाभेसलाई पराजित गर्न बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, इल्केए गुन्डोगान र भिक्टर रोकेले गोल गरे । डिपोर्टिभो एलाभेसका स्यामुइल ओमोरोडिअनले एक गोल फर्काए ।

खेलको सुरुवातदेदि नै घरेलु टोलीलाई दवावमा राखेको बार्सिलोनाले २२औं मिनेटमा लेवान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । उनले इल्केए गुन्डोगानको पासमा गोल गरे । ४९औं मिनेटमा पेड्रीको पासमा इल्केए गुन्डोगानले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

५१औं मिनेटमा स्यामुइल ओमोरोडिअनलले गोल गर्दै डिपोर्टिभो एलाभेसलाई २–१ को स्थितिमा ल्याएर खेलमा फर्काउने संकेत दिए । उनले एलेक्स सोलाको पासमा हेडरमार्फत गोल गर्न सफल भए ।

६३औं मिनेटमा परिवर्तित खेलाडी भिक्टर रोकेले हेक्टर फर्टको पासमा गोल गर्दै बार्सिलोनालाई ३–१ ले अगाडिबढाए । ५९औं मिनेटमा गुन्डोगानको स्थानमा मैदान छिरेका रोकेले मैदान छिरेको चार मिनेटभित्रै गोल गर्न सफल भए ।

तर, १८ वर्षीय ब्राजिली युवा फरवार्ड रोके ७२औं मिनेटमा दोहोरो पहेलो बार्ड खाँदै मैदानबाट बाहिरिदा बार्सिलोनाले अन्तिम १८ मिनेट १० खेलाडीमा समेटिएर खेल्नुपरेको थियो । तर, त्यसको फाइदा डिपोर्टिभो एलाभेसले उठाउन सकेन । बार्सिलानाले भने आफ्नो अग्रता जोगाउँदै महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो ।

यस जितले तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाको २३ खेलबाट ५० अंक पुगेको छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिडको ४७ अंक छ ।

बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडसँग ७ तथा दोस्रो स्थानको जिरोनासँग ६ अंकले पछि छ । रियलले एक खेल कम खेलेको छ । पराजित डिपोर्टिभो एलाभेस२३ खेलबाट २६ अंक जोडेर १२औं स्थानमा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.