default_image

6 months ago

February 4, 2024

दक्षिण अफ्रिका अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा

559 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिका अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश पुगेको छ ।

शनिबार क्वार्टरफाइनल केप भर्डेलाई टाइब्रेकरमा २-१ हराउँदै दक्षिण अफ्रिका अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा पुगेको हो।

निर्धारित समयमा र अतिरिक्त समयमा गोलरहित बराबरी टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

दक्षिण अफ्रिकालाई विजयी गराउन कप्तान समेत रहेका रोनवेन विलियम्सले केप भर्डेको ४ पेनाल्टी रोके ।
उनले केप भर्डेका बेबे, विली सेमेडो, लरोस ड्वार्टे र प्याट्रिक एन्ड्राडेको पेनाल्टी सफल हुने दिएनन् । केप भर्डेका ब्रयान टेइक्सेराले मात्रै गोल गरेका थिए।
केप भर्डेका गोलकिपर भोजिन्हा दक्षिण अफ्रिकाको दुई प्रहार रोके। दक्षिण अफ्रिकाले सेमिफाइनलमा नाइजेरियाको सामना गर्नेछ ।

त्यसअघि आयोजक आइभरी कोस्टले मालिमाथि २-१ को नाटकीय जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

आइभरी कोस्ट ४३ औं मिनेटमै १० खेलाडीमा समेटिएको थियो । त्यसका बाबजुद १२२ औं मिनेटको गोल गर्दै अन्तिम चारमा पुग्न सफल भयो।

ओडिलोन कोसोउनोस दोहोरो पहेंलो कार्डका कारण मैदान छाडेपछि घरेलु टोली पहिलो हाफमा नै १० खेलाडीमा सिमित भएको थियो।

७१ औं मिनेटमा नेनी दोर्जेलेसको गोलमा मालीले अग्रता लिएको थियो। अन्तिम मिनेटमा आइभरी कोस्टले बराबरी गोल फर्कायो। सिमन अदिनग्रासले बराबरी गोल गरेका थिए।

त्यसपछि अतिरिक्त समयको अन्तिम केही मिनेट बाँकी रहँदा डियकिटेले निर्णायक गोल गरेका थिए। त्यसपछि डियकिटेले पनि दोहोरो पहेंलो कार्डका कारण मैदान छाड्नु परेको थियो ।

आइभोरी कोस्टले ९ र मालीले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। आइभरी कोस्टले कंगो सँग सेमिफाइनल खेल्नेछ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.