12 months ago
February 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यू-१९ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको दोस्रो खेलमा भुटानलाई पराजित गरेको छ ।
बंगलादेशमा चलिरहेको प्रतियोगिताको दोस्रो खेलमा नेपाल १-० ले विजयी भएको हो । पहिलो खेलमा आयोजक बंगलादेशसँग ३-१ ले पराजित नेपालले यस जितसँगै फाइनल पुग्ने सम्भावनालाई जीवित राखेको छ ।
नेपालका लागि आइतबार सेनु परियारले दोस्रो हाफमा गरेको गोल निर्णायक सावित भयो । उनले ५४ औं मिनेटमा अफसाइड ट्रयाप बिट गरेपछि गोलरक्षकलाई समेत छलाउँदै उत्कृष्ट गोल गरेकी थिइन् ।
प्रतियोगिता अन्तर्गत आज हुने दोस्रो खेलमा बंगलादेश र भारत खेल्दैछन् । भारतले पहिलो खेलमा भुटानलाई १०-० ले पराजित गरेको थियो ।
नेपालको २ खेलमा ३ तथा भारत र बंगलादेशको १ खेलमा ३-३ अंक छ । भुटान अंकविहिन छ । लिग चरणका शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई ४-१ ले हराएको छ। जारी लिगमा पुलिसले वालिङलाई हराएको यो तेस्रो पटक हो। एन्फा कम्प्लेक्समा भएको खेलको १५औं मिनेटमा पुलिसले अग्रता बनायो। कप्तान निरु थापाले उत्कृष्ट शैलीमा बललाई कन्ट्रोल गर्दै हानेको भली प्रहार सुन्दर गोलमा परिणत भयो। कमजोर वालिङ विरुद्ध […]
January 13, 2025
सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]