default_image

6 months ago

February 4, 2024

आयोजकलाई हराउँदै बागमती सेमिफाइनलमा

446 views

0 Bookmark

मकवानपुर (हाम्रो खेलकुद) – बागमती युथ क्लब छैटौं सहिद स्मृति स्थानीय तह मकवानपुर फुटबल प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आयोजकको मकवानपुर–११ लाई आइतबार टाइब्रेकरमा ४–२ ले पराजित गर्दै बागमतीले अन्तिम चार पुगेको हो ।

हेटौंडा–६ स्थित गौरीटार रंगशालामा निर्धारित समय खेल २–२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा बागमतीका लागि सिर्जन गौतम, आयुष रानामगर, निर्मल बल र अनिल मगरले गोल गरे । आयोजकका तर्फबाट अञ्जन विष्ट र स्टेफन समिरले गोल गरे । मकवानपुरका अमित तामाङको प्रहार बाहिरिएको थियो ।

बागमतीका गोलकिपर रोनक चौलाागाईंले आयोजकको सुरजज्यू ठकुरीको पेनाल्टी रोकेका थिए । रोनक म्यान अफ दी म्याच भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा सोमबार त्रिभुवन आर्मी क्लब र राजारानी क्लब धनकुटाबीच तेस्रो क्वार्टरफाइनल खेल हुनेछ ।

माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक तथा विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा बागमती प्रदेश खेलकुद विकास परिषद्, सामाजिक विकास मन्त्रालय, हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा प्रतियोगिता भएको हो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.