default_image

6 months ago

February 4, 2024

बगर भाइखलक भेट्रान फुटबल सुरु, केसी सम्मानित

86 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – बगर भाइखलकको आयोजनामा दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक फुटबल प्रतियोेगिता आइतबार सुरु भएको छ ।

पोखरा १ टुडिखेल खेलमैदानमा भएको एट ए साइड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बगर भाइखलकले गण्डकी स्पोट्र्सलाई ४–० ले हराएको छ । बगरको जितमा नरेश केसीले २ तथा राजुकुमार तामाङ र राजु हमालले समान १ गोल गरे ।

प्रतिस्पर्धात्मक दोस्रो खेलमा संगम भेट्रानले लेकसाइड भेट्रानलाई टाइब्रेकरमा २–१ ले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।

यस्तै नेपाली फुटबल विकासमा योगदान दिने पूर्व राष्ट्रिय खेलाडी सम्मानबाट यसपटक शम्भु केसीलाई सम्मानित भएका छन् ।
प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

५० वर्षमाथि उमेर समूहको विजेताले १ लाख र दोस्रो हुनेले ५० हजार रुपैयाँ पाउनेछ । ६० वर्षमाथिको विजेताले ५० हजार र दोस्रो टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । हिमालयन ब्रुअरी प्रा.लिको मुख्या प्रायोजन रहेको प्रतियोगिताको सह–प्रायोजकको रुपमा बगर भाइ खलक युके र ग्रीन डेभलपमेन्ट बैंक रहेको छ ।

माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पोखरासहित भारतको देहरादु, काठमाडौं, ललितपुर, चितनव, सिरहा, हेटौडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहेको छ । बगर भाइखलकले २०६८ सालदेखि निरन्तर भेट्रान फुटबल संचालन गर्दै आइरहेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.