default_image

6 months ago

February 4, 2024

म्यानचेस्टर युनाइटेडको सहज जित

450 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार भएको खेलमा वेस्ट ह्याम विरुद्ध सहज जित दर्ता गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्ड युनाइटेडले ३-० को जित दर्ता गरेको हो ।

युनाइटेडको जितमा अलेहान्द्रो गार्नाचोले २ गोल गर्दा रास्मस होईलन्डले १ गोल गरे ।

होईलन्डले २३औं मिनेटमा गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । कासेमिरोको पास लिँदै उनले बक्सको छेउबाट आफ्नो दायाँ खुट्टाले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

गार्नाचोले ४९औं मिनेटमा अग्रता दोब्बर बनाए । ब्रुनो फर्नान्डेजको पासमा उनले बक्सको दायाँ भागबाट गोल गर्दै अग्रता दुई गोलको बनाएका थिए ।

८४औं मिनेटमा गार्नाचाेले नै व्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित गरे ।

जित पछि युनाइटेड २३ खेलमा ३८ अंक सहित वेस्ट ह्याम भन्दा माथि छैटौं स्थानमा उक्लिएको छ । पराजित वेस्ट ह्याम समान २३ खेलमा ३६ अंक सहित सातौं स्थानमा छ ।

चेल्सी पराजित

आईतबार साँझ नौं भएको खेलमा चेल्सी भने उल्भ्स विरुद्ध पराजित भएको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा चेल्सी ४-२ गोल अन्तरले पराजित भएको हो ।

उल्भ्सका लागि म्याथियस कुन्हाले ह्याट्रिक प्रहार गरे । यस्तै अर्को गोल एलेक्स डिसासीको आत्मघाती गोल रहेको थियो । चेल्सीका लागि कोल पालमार र थियागो सिल्भाले समान १ गोल गरे ।

चेल्सी २३ खेलमा ३१ अंकसहित ११औं स्थानमा छ । उल्भ्स समान खेलमा ३२ अंकसहित चेल्सी भन्दा एक स्थान माथि छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.