default_image

6 months ago

February 5, 2024

आहा गोल्डकप जितेको दुई दिनमा आर्मी पराजित

3657 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद)– आहा रारा गोल्ड पोखरा गोल्ड कपको च्याम्पियन बनेको दुई दिनपछि त्रिभुवन आर्मी फुटबल क्लब छैटौं सहिद स्मृति स्थानिय तह मकवानपुर फुटबल प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ ।

आर्मी सोमबारको खेलमा धनकुटाको राजारानी क्लबसँग सडन डेथमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । राजारानी सेमिफाइनल पुगेको छ । थ्री स्टार क्लबलाई शनिबार फाइनलमा ३-० ले हराउँदै पहिलो पटक आहा रारा गोल्डकप जितेको आर्मी त्यसपछि हेटौंडा पुगेको थियो ।

सोमबार निर्धारित समय १–१ र टाइब्रेकरमा ३–३ को बराबरीपछि भएको सडन डेथमा राजारानीले बाजी मारेको थियो । सडन डेथमा राजारानीका गोलकिपर दीप कार्की नायक बने । उनले आर्मीका सिद्धान्त चौधरीको पेनाल्टी रोकेका थिए ।

सडन डेथमा राजारानीका लागि प्रवेश दनुवार र उमेश कार्कीले गोल गरे । आर्मीका लागि विमल पाण्डेले मात्र गोल गर्न सके ।
त्यसअघि टाइब्रेकरमा राजारानीका विशाल घलान, रुपेश केसी र गोलकिपर दीपले गोल गरे । सुनिल खड्का र अशोक खवास गोल गर्न चुके । पेनाल्टीमा आर्मीका जितेन्द्र कार्की, कमल थापा र रसबहादुर मगरले गोल गरे । बसन्त जिम्बा र श्रीराम चौधरी गोल गर्न असफल भए ।

हेटौंडा–६, गौरीटारमा भएको खेलको ११ औं मिनेटमा रसबहादुरको गोलबाट आर्मीले अग्रता लिएको थियो । खेलको अन्त्यतिर आर्मी सम्हालिन नसक्दा खेल टाइब्रेकरमा गएको थियो । अजायी मार्टिनले ८४ औं मिनेटमा हेडमार्फत गोल गर्दै राजारानीलाई खेलमा फर्काएका थिए । खेललाई बराबरीमा ल्याएका थिए । राजारानीका गोलकिपर दीप म्यान अफ दी म्याच बने र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

राजारानीले सेमिफाइनलमा एनआरटीको सामना गर्नेछ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जारी प्रतियोगिता मंगलबार थ्री स्टार र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.