default_image

6 months ago

February 6, 2024

फोडेनको ह्याट्रिकमा सिटीको जित

1047 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलसंगको अंक दूरी घटाएको छ।
फिल फोडेनको ह्याट्रिकमा सिटीले सोमबार ब्रेन्टफोर्डलाई ३-१ ले पराजित गरेको छ । यो जितसँगै सिटी दोस्रो स्थानमा उक्लिएको‌ छ ।

२१औं मिनेटमा निल मउफीले गोल गर्दै घरेलु टोली ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए । तर, टोली त्यसलाई जोगाउन असफल रह्यो। पहिलो हाफको इन्जुरी टाइममा फोडेनले सिटीका लागि बराबरी गोल फर्काए ।

फोडेनले ५३औं मिनेटमा दोस्रो गोल गर्दै सिटीलाई अग्रता दिलाए । ७०औं मिनेटमा गोल गर्दै फोडेनले ह्याट्रिक पूरा गरे ।

जितपछि सिटी २२ खेलमा ४९ अंक पुगेको छ । समान अंक भएपनि सिटीले आर्सनललाई गोल अन्तरमा पछि पारेको छ ।

लिभरपुल र आर्सनलभन्दा सिटीले एक खेल कम खेलेको छ । आइतबार आर्सनलले लिभरपुललाई ३-१ हराएपछि प्रिमियर लिग थप रोचक बनेको छ।लिभरपुलको २३ खेलबाट ५१ अंक छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.