2 years ago
February 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – व्यावसायिक फुटबल खेलाडी विदेशीने क्रममा मंगलबार ४ खेलाडी थपिएका छन् । राष्ट्रिय फुटबल टोलीका आशिष चौधरीसहित सेसेहाङ आङदम्बे, सिमान्त थापा र आशिष देउला अष्ट्रेलिया गएका छन् ।
पछिल्लो दुई वर्षमा ५० भन्दा बढी फुटबल खेलाडी विदेशिएका छन् । त्यसमा अधिकांश खेलाडी अष्ट्रेलिया गएका छन् । आशिष ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडका खेलाडी हुन् । उनले राष्ट्रिय टोलीको लेफ्ट ब्याकमा समेत खेल्दै आएका थिए । एनएसएमा धनगढी एफसीको मार्की समेत रहेका उनी पछिल्लो समय मछिन्द्र क्लबसँग आवद्ध थिए ।
त्रिभुवन आर्मी फुटबल क्लबबाट खेल्दै आएका सेसेहाङ १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता टोलीका सदस्य हुन् । उनले राष्ट्रिय टोलीमा पनि खेल्दै आएका छन् । उनले ललितपुर सिटी फुटबल क्लबबाट एनएसएलको उपाधि जितेका थिए । उनले केहि समय अघिमात्र आर्मी छाडेका थिए ।
यता सिमान्त जावलाखेल युथ क्लबका कप्तान हुन् । उनले पनि सिनियर टोलीबाट डेब्यु गरिसकेका छन् ।
गोलरक्षक अनिस भने एनएसएलको दोस्रो संस्कणमा झापाको दोस्रो रोजाईका किपर थिए । उनले जावलाखेलबाट पहिलो रोजाइमा खेलेका थिए । उनी पनि सिनियर टोलीमा परिसकेका खेलाडी हुन् ।
एनएसएल सकिएसँगै एन्फाले फुटबल क्यालेन्डर सार्वजनिक गर्न नसक्दा खेलाडीको विदेशिने क्रमले फेरी गति लिने भएको छ । ए डिभिजन लिग सकिएपनि बी र सी डिभिजन लिग सुरु हुन सकेको छैन । त्यसैले नयाँ सिजन सुरु नहुने पक्का हुँदा खेलाडीमा वितृष्णा बढेको हो । अझै दर्जन बढी राष्ट्रिय टोली र उमेर समूह खेलेका खेलाडीले विदेश जाने प्रक्रियामा रहेको बुझिएको छ ।
पलायनको समस्या खेलाडीबाट अफिसियलतर्फ पनि बढ्न थालेको छ । राष्ट्रिय र बहालवाला फिफा रेफ्री नै विदेशिने विगत पुन: दोहोरिने डर बढेको छ । नेपालका केहि सक्रिय रेफ्री पनि विदेश जाने प्रक्रियामा लागेका छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]