default_image

7 months ago

February 7, 2024

पाडाजुँगीको आदिवासी रंगशालाको निर्माण कार्य पुनः सुरु

283 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

नाममा विवाद आएपछि बजेट आएर पनि निर्माण कार्य रोकिएको झापाको कमल गाउँपालिकाको पाडाजुँगीमा रहेको आदिवासी रंगशालाको काम पुनः सुरु भएको छ ।

रंगशाला समितिका महासचिव दिपेनवाला राईका अनुसार राष्ट्रिय खेलकुद परिषदमार्फत यस वर्ष एक करोड रुपैयाँ बजेट विनियोजन भएपछि रंगशालाको काम थालिएको हो ।

रंगशाला निर्माणका लागि परिषदको ७६ लाख ९२ हजार ६९२ रुपैयाँ र उपभोक्ताको ८ लाख ५४ हजार ६९२ रुपैयाँ गरी कुल ८५ लाख ४६ हजार ९२८ रुपैयाँको बजेटबाट ३ सय मिटर लामो कम्पाउन्ड वाल निर्माण गरिने उनले जानकारी दिए ।

उपभोक्ता समितिले माघ १८ बाट सुरु भई २०८२ जेठ १५ गतेभित्रमा योजनाअनुसार काम सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।

निर्माण कार्यलाई प्रभावकारी बनाउन उपभोक्ता समितिले साताको शनिबार स्थानीयलाई श्रमदान गर्नेगरी काम अघि बढाउने रंगशालाका अध्यक्ष समेत रहेका कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए ।

आज रंगशालामा परिसरमा संक्षिप्त कार्यक्रम गरी निर्माण कार्य औपचारिक रुपमा सुरु गरिएको हो । अध्यक्ष राईले आदिवासी रंगशालाको कामले अब गति लिने विश्वास व्यक्त गरे ।

रंगशालाको अगुवाई स्थानीय आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले गर्दै आएको छ । वर्षोदेखिको आदिवासी, जनजातिको पितृको चिहान २०६६ सालमा भत्काएर आदिवासी रंगशाला निर्माण गर्न स्थानीय स्तरमा सहमति भएको थियो ।

तर ,पछिल्ला केही वर्ष भने रंगशालाको नाममा विवाद बनेपछि रंगशालामा सरकारी बजेट प्राप्त हुन नसक्दा निर्माण कार्य रोकिएको थियो ।

सरकारले रंगशालामा बजेट उपलब्ध नगराउँदा रंगशालाको कामले गति लिन सकेको थिएन । रंगशालाको कामका लागि विभिन्न आर्थिक वर्षमा ४ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन भए पनि बजेट पूर्ण रुपमा कार्यान्वयन हुन नसक्दा रंगशाला ओझेलमा परेको थियो ।

केपी शर्मा ओली सरकारको पालामा आदिवासी रंगशाला तथा स्मृति पार्कको सट्टा मदन भण्डारी स्मृति रंगशालाको नाममा बजेट विनियोजन गरिएपछि काम हुन सकेको थिएन ।

September 14, 2024

महिला लिग शीर्ष स्थानको पुलिस र आर्मी खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज दुई खेल हुदैछन् । आजबाट लिगका पाँचौ राउन्डको खेलहरु सुरु हुँदैछन् । आजको पहिलो खेलमा दुई विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब आमने सामने हुँदैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्यान्ह १२ः३० बाट सुरु हुँदैछ । पुलिस ४ खेलमा ३ जित र १ बराबरीसहित १० […]

September 14, 2024

अल नासर हारबाट जोगियो

एजेन्सी – साउदी प्रो लिगमा अल नासर हारबाट जोगिएको छ । अल अहलीका अल-हुरेजीले आत्मघाती गोल गर्न पुग्दा नासर हारबाट जोगिएको हो । नासरले अल अहलीसँग १-१ को बराबरी खेल्यो । अल-अवल पार्कमा सम्पन्न खेलमा अल अहलीका लागि फ्रान्क केइसीले गोल गर्दा नासरले भने १ गोल उपाहार स्वरुप पाएको थियो । अहलीका लागि ५७औं मिनेटमा […]

September 13, 2024

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड – एरिका र रोहित वर्ष खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले शुक्रवार आयोजना गरेको कार्यक्रममा एरिका महिलामा र रोहित पुरुषमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अवार्डमा १९औं एसियाली खेलकुद ( एसियाड)मा रजत […]

Success

Thank you for your time.