default_image

6 months ago

February 9, 2024

चिनियाँ युवा टोली विरुद्ध खेल्ने नेपाली युवा टोली घोषणा

2694 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चिनियाँ नयाँ वर्षको अवसरमा चीनको युशु युवा टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्ने नेपाली युवा टोलीको घोषणा भएको छ । टोलीलाई प्रशिक्षण गरिरहेका राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २३ सदस्सीय युवा टोली घोषणा गरेका हुन् ।

टोलीमा राष्ट्रिय टोलीका नियमित सदस्य रहेका आयुष घलान, मनिष डाँगी, उत्सव राई र लाकेन लिम्बू जस्ता खेलाडीहरु पनि रहेका छन् । मैत्रीपूर्ण खेलमा लागि चिनियाँ टोली बुधबार नै काठमाडौं आइपुगेको छ ।

खेल दशरथ रंगशालामा शनिबार दिउँसो ३ बजे सुरु हुने छ । त्यसअगाडि चिनियाँ ड्रागन शो, मार्सल आर्ट शो लगायत अन्य कार्यक्रम समेत रहेको एन्फाले जनाएको छ ।

एन्फाले टिकट मूल्य समेत निर्धारण गरिसकेको छ । साधारण तर्फ टिकटदर रु ३०० र भिआईपि तर्फ रु ५०० निर्धारण गरिएको छ । टिकट खरिद गर्ने दुई जना भाग्यशाली दर्शकका लागि काठमाडौँ-ल्हसा-काठमाडौँको हवाई टिकट समेत प्रदान गरिने एन्फा जानकारी दिएको छ ।

नेपाली युवा टोली:

गोलकिपर: पूजन होना, विशाल सुनार, सन्तोष महत

डिफेन्डर: पदम भट्टराई, अजय चौधरी, एन्जल महर्जन, छिरिङ लामा, योगेश गुरुङ, आशिक बाबु, सुमित श्रेष्ठ, विशाल बस्नेत

मिडफिल्डर: आयुष घलान, प्रशान्त लक्सम, उत्सव राई, लाकेन लिम्बू, सन्तोष खत्री, रोहन कार्की, चन्दन कुमार, कुशल देउवा

फरवार्ड: समिर तामाङ, सन्जीव विष्ट, निराजन धामी, मनिष डाँगी

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.