default_image

11 months ago

February 10, 2024

नेपाली युवा टोलीलाई दुई गोलको अग्रता 

1157 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – चिनियाँ नयाँ वर्षको अवसरमा दशरथ रंगशालामा जारि खेलमा नेपाली युवा टोलीले मध्यान्तरसम्म युशु युवा टोलीविरुद्ध दुई गोलको अग्रता लिएको छ । नेपालका लागि सन्जीब विष्ट र समिर तामाङले एक-एक गोल गरेका हुन् ।

सुरुवाती समय देखि नै आक्रामक देखिएको नेपाली टोली पाहुना टोलीमाथि हावी हुन पुग्यो । खेलको पहिलो मौका भने युशुलाई गएको थियो । तर त्यसलगत्तै अर्कोतर्फा नेपालले अग्रता बनाउन सफल भयो ।      

पहिलो मिनेटमा नै युशुका वुझोउ निमाले बललाई जालिमा हालेका थिए तर रेफ्रीले अफसाइड दिएपछि गोल मान्य भएन । तर दोस्रो मिनेटमा नै नेपालले अग्रता लिन सफल भयो । आयुष घलानले लेफ्ट विङमा एक डिफेन्डर छक्याएर खेलेको क्रसमा सन्जीव विष्टले हेडर मार्फत गोल गर्दै खेलमा नेपाली युवा टोलीले अग्रता लिएको थियो ।

पाँचौं मिनेटमा नेपाल अग्रता दोब्बर बनाउनबाट चुक्यो । तर उत्सव राईको क्रस आयुषको केही माथिबाट बाहिरिन पुग्यो । आठौं मिनेटमा युशुका डान्झोउ जियाङकाईको प्रहार पोस्टको थोरै टाढाबाट बाहिरियो ।

१२औं मिनेटमा आयुषकै क्रसमा लाकेन लिम्बूको हेडर पोस्टको थोरै टाढाबाट बाहिरियो । फारपोस्टमा छिरिङ लामाले बललाई पोस्ट तर्फ प्रहार गर्ने प्रयास गरेका थिए तर बलमा सम्पर्क बनाउन सकेनन् ।

२७औं मिनेटमा आयुषकै फ्रिकिकमा लाकेनको हेडर पुनः पोस्टतर्फ जान सकेन । दुई मिनेट पछि समिर तामाङले बायाँ फ्लान्कमा रन बनाएर खेलेको क्रसमा सन्जीवले पोस्टतर्फ प्रहार गर्न सकेनन् । ३५औं मिनेटमा मनिष डाँगीको प्रहार युशुका गोलरक्षक दान्जेङ निछिले सहजै समाते ।  

३९औ मिनेटमा नेपाली टोलीले अग्रता दोब्बर बनायो । छिरिङ लामाको क्रसमा समिर तामाङको क्लोज-रेञ्ज हेडरले युशुका गोलरक्षकलाई बिट गरेको थियो ।    

त्यसपछि पनि नेपालले लगातार आक्रमण बुनिरहेको थियो । ४५औ मिनेटमा सुमितको लङ-रेञ्ज प्रहार क्रसबारमा लागेर पोस्टमाथिबाट बाहिरियो । 

January 12, 2025

सिक्किममा झापा ११ को विजयी सुरुवात

हिमाल खरेल ,बिर्तामोड‌ झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]

January 12, 2025

फर्साटिकर कपको सेमिफाइनल समीकरण पूरा

सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]

January 12, 2025

म्याकएटीको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]

Success

Thank you for your time.