default_image

6 months ago

February 10, 2024

एपिएफ पहिलो पटक मकवानपुर गोल्डकप च्याम्पियन

1205 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लबले छैटौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

एनआरटी क्लबलाई शनिबार सडन डेथमा हराउँदै एपिएफ पहिलो पटक च्याम्पियन बनेको हो ।

निर्धारित समय गोलरहित र पेनाल्टी सुट आउटमा ३-३ को बराबरी भएपछि सडन डेथमा एपिएफले बाजी मारेको हो। सडन डेथको दोस्रो पेनाल्टीमा फोडे फोफनालर निर्णायक गोल गरेका हुन्।

एपिएफले उपाधिसहित १५ लाख र एनआरटीले १० लाख रुपैयाँ प्राप्त गर्यो। मकवानपुर जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा १२ टोलीको सहभागिता थियो।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.