default_image

6 months ago

February 11, 2024

लिभरपुल पुनः शीर्षस्थानमा

475 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले पुनः २ अंकको अग्रता बनाएको छ । शनिबार बर्नलीलाई ३-१ पराजित गरेपछि लिभरपुल पुनः शीर्षस्थानमा उक्लिएको हो।

म्यानचेस्टर सिटीलाई लिभरपुलले २ अंकले पछि पारेको हो ।  लिभरपुलभन्दा सिटीले एक खेल कम खेलेको छ । लिभरपुलको ५४ अंक र सिटीको ५२ अंक छ ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलले ३१ औं मिनेटमा डिएगो जोडटाले ट्रेन्ट आर्नोल्डको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा ओसियाले गोल गरेपछि पहिलो हाफ १-१ को बराबरी भएको थियो ५२ औं मिनेटमा लुइस डियाजले गोल गरेपछि लिभरपुल २–१ ले अघि बढेको थियो । ७९ औँ मिनेटमा हार्भे इलियटको पासमा नुनेजले गोल थपेपछि लिभरपुल ३–१ को सहज जित निकाल्न सफल भएको थियो । बर्नली भने १८ औं स्थानमा छ।

सिटीले एभर्टनलाई २–० ले पराजित गरेको थियो । सिटीको जितमा दुबै गोल एर्लिङ हालान्डले दोस्रो हाफमा गरेका हुन् । हालान्डले ७१ औं र ८५ औं मिनेटमा गोल गरेका थिए ।

अर्को खेलमा टोटनह्यामले ब्राइटनलाई २-१ ले हराउँदै चौथो स्थानमा उक्लिएको छ । यसैगरी रेलिगेसन खतरामा रहेको सेफिल्ड युनाइटेडले लुटन टाउनलाई ३–१ र ब्रेन्टफोर्डले वुल्भ्सलाई २–० ले पराजित गरेको थियो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.