default_image

6 months ago

February 12, 2024

यमल चम्कँदा बार्सिलोना हारबाट जोगियो

462 views

0 Bookmark

एजेन्सी – स्पेनिस युवा विंगर लमिन यमल चम्कँदा क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा हारबाट जोगिएको छ ।

सुरुवाती अग्रता लिएको बार्सिलोना खेलमा दुईपटक पछि परेपनि यमलले दुई गोल गरेपछि घरेलु मैदानमा रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको ग्रानडासँग ३–३ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो ।

बार्सिलोनाको घरेलु मैदानमा आइतबार राति भएको खेलमा घरेलु टोलीका लागि युवा विंगर लमिन यमलले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे । पाहुना टोली ग्रानडाका रिकार्ड सान्चेज, फकुन्डो पेलेस्ट्री र इग्नासी मिक्वेलले गोल गरे ।

खेलको सुरुवातदेखि नै आक्रमक बनेको बार्सिलोनाले १४औं मिनेटमा यमलको गोलबाट अग्रता लिएको थियो । उनले जोओ क्यान्सेलो पासमा सहजै फिनिस गरेका थिए । तर, बार्सिलोनाले त्यो अग्रतालाई पहिलो हाफमै जोगाउन सकेन ।

४३औं मिनेटमा रिकार्ड सान्चेजले फकुन्डो पेलेस्ट्रीको पासमा सानदार गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६०औं मिनेटमा फकुन्डो पेलेस्ट्रीले म्युटो उजुनीको पासमा गोल गर्दै गर्दा बार्सिलोना खेलमा १–२ ले पछि पर््यो ।

तर, ग्रानडाको त्यो अग्रत पनि लामो समय टिकेन । ६३औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले इल्केए गुन्डोगानको पासमा गोल गर्न सफल भएका थिए ।

६६औं मिनेटमा इग्नासी मिक्वेलले गोल गर्दै ग्रानडालाई ३–२ ले अघि बढाए । फेटआउटको क्रसमा बार्सिलोनाकै एकेडेमी ला मासियाका उत्पादन इग्नासीको हेडर प्रयास बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले नियन्त्रणमा लिन नसक्दा जाली चुम्न पुगेको थियो ।

८०औं मिनेटमा यमलले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । डि बक्स नजिकै विपक्षी खेलाडीबाट बल खोस्दै गरेको प्रहारले जाली चुमेको थियो ।

यस बराबरीले बार्सिलोनाले पछिल्लो पाँच खेलमा ग्रानडालाई हराउन असफल रह्यो । ४ फेब्रुअरी २०२१ मा भएको कोपा डेल रेमा अतिरिक्त समयमा ५–३ को जित निकालेयता बार्सिलोनाले ग्रानडालाई हराउन सकेको छैन । जसमा ४ बराबरी र १ हारको नतिजा छ ।

यस बराबरीसँगै तेस्रो स्थानमा रहेको बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडसँग १० अंकले पछि परेको छ । बार्सिलोनाको २४ खेलबाट ५१ अंक पुगेको छ । समान खेलबाटै रियलको ६१ अंक छ । ग्रानडा २४ खेलबाट १३ अंक जोडेर १९औं स्थानमा छ ।

ला लिगाकै अर्काे खेलमा सेभियाले एट्लेटिकाे मड्रिडलाई १–० ले पराजित गरेकाे छ । सेभियालाई जिताउन इसाक राेमेराेले पहिलाे हाफमा गरेकाे गाेल नै निर्णायक बन्याे । उनले १५औ‌ मिनेटमा गाेल गरेका थिए ।

यस जितले सेभिया २३ अ‌क जाेडेर १५औ‌ स्थानमा उक्लिएकाे छ । पराजित एट्लेटिकाे तेस्राे स्थानकाे बार्सिलाेनासँग अ‌क बराबरी गर्ने अवसर गुमाएकाे छ । चाैथाे स्थानमा रहेकाे एट्लेटिकाेकाे ४८ अ‌क छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.