default_image

6 months ago

February 12, 2024

आइभोरी कोस्टलाई एफ्कनको उपाधि 

528 views

0 Bookmark

एजेन्सी – आयोजक आइभोरी कोस्टले अफ्रिका कप अफ नेसन्सको उपाधि उचालेको छ । गए राती सम्पन्न फाइनलमा नाइजेरिया माथि २-१ को पुनरागमन जित निकाल्दै आइभोरी कोस्टले तेस्रो पटक उपाधि जितेको हो ।

आइभोरी कोस्टका लागि फ्रान्क केस्सी र सेबास्टियन हालेरले समान १ गोल गरे । 

खेलको ३८औ मिनेटमा नाइजेरियाले कप्तान विलियम ट्रुस्ट-एकंगको हेडर गोलको मद्दतले खेलमा अग्रता लिएको थियो । तर दोस्रो हाफमा २ गोल खान पुगेपछि नाइजेरियाले उपाधि सुम्पिन पुग्यो ।

६२ औं मिनेटमा साइमन एडिन्ग्राको कर्नर किकमा फ्रान्क केस्सीले फार-पोस्टमा गोल फ्रि-हेडर प्रहार गर्दै खेल बराबरीमा ल्याएका थिए । ८१औं मिनेटमा एडिन्ग्राकोकै क्रसमा सेबास्टियन हालेरले राम्रो फिनिस गर्दै पुनरागमन गर्दै उपाधि जित्न सफल भयो ।

यो आइभोरी कोस्टको तेस्रो एफ्कन उपाधि हो । यसअघि आइभोरी कोस्टले सन् १९९२ र २०१५ मा उपाधि उचालेको थियो ।  

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.