12 months ago
February 14, 2024
एजेन्सी- म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा जितेको छ।
सिटीले मंगलबार कोपनहेगनलाई ३–१ ले हराउँदै दमदार सुरुवात गरेको छ ।
साविक विजेता सिटीका लागि केभिन डि ब्रुएने, बर्नान्डो सिल्भा र फिल फोडेनले गोल गरेका थिए । कोपनहेगनका मग्नुस म्याटसनले गोल गरेका थिए।
डि ब्रुएनेले १० औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । उनले फोडेनको पासमा गोल गरेका थिए । ३४ औं मिनेटमा म्याटसनले घरेलु टोली बराबरी गोल गरेका थिए।
पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा सिल्भाले गोल गरेपछि सिटीलाई पहिलो २–१ ले अघि रहेको थियो। इन्ज्युरी समयको दोस्रो मिनेटमा फोडेनले गोल गरेपछि सिटी ३–१ ले विजयी भएको थियो।
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – गोरखा जिल्लाको परिचित गोर्खाली रनिङ कपको नवौं संस्करण फागुन ७ गतेबाट हुने भएको छ । गोरखा जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक हरमटारी क्लबले जनाएको छ । उपविजेताले २ लाख पुरस्कार पाउने बुधबार पत्रकार सम्मेलन गर्दे क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो । जिल्लामै […]
January 24, 2025
एजेन्सी – कप्तान सन ह्युङ–मिनले २ गोलमा टोटनहमले युरोपा लिगमा जर्मन क्लब होफेनहाइममाथि रोमाञ्चक जित दिलाए । होफेनहाइमको घरेलु मैदान भएको खेलमा टोटनहमले ३-२ को जित हासिल गर्यो । टोटनहमको जितमा सन बाहेक जेम्स म्याडिसनले गोल गरे । घरेलु टोलीका लागि एन्टोन स्टाच र डेभिड मोक्वाले गोल गरे । खेलको तेस्रो मिनेटमा टोटनहमका लागि म्याडिसनले […]
January 24, 2025
एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेसले इन्ज्युरी समयमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा बिहीवार रेन्जर्सलाई २-१ ले हराएको छ। फर्नान्डेसले इन्ज्युरी समयको दोस्रो मिनेटमा निर्णायक गोल गरे । त्यसअघि रेन्जरका गोलकिपर ज्याक बट्ल्यान्डले आत्मघाती गोल गरेपछि युनाइटेडले ५२ औं मिनेटमा अग्रता लियो। सेरियल डेसेर्सको ८८ औं मिनेटमा बराबरी गोल गर्दैै रेन्जर्सलाई खेलमा फर्काए। तर टोलीले […]