2 years ago
February 14, 2024
हेटौंडा (हाम्रो खेलकुद)- बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक टोलीले विजयी सुरुवात गरेको छ ।
मकवानपुरको बागमती–८ स्थित जनता माविको खेल मैदानमा बुधबार ए डिभिजन टोली हिमालयन शेर्पा क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै आयोजक बागमतीले विजयी सुरुवात गरेको हो ।
टाइब्रेकरमा बागमतीका लागि एलिस महर्जन, प्रितम स्याङ्बो, सामेल सुनार, रोशन दोङ र अमर पाख्रिनले गोल गरे ।
त्यस्तै हिमालयनका लागि दिवस उरौ, सत्यम शर्मा, धिरज थपलिया र विदेशी खेलाडी आब्मे फाकुलाइनले गोल गरे । हिमालयनका सन्दीप श्रेष्ठको प्रहार बागमतीका गोलरक्षक पवन आले मगरले रोके ।
निर्धारित समयमा १–१ को बराबरी टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो ।
एलिस चौलागाईले ४७औं मिनेटमा गरेको गोल
बाट आयोजक टोलीले अग्रता लिएको थियो। हिमालयन शेर्पाका सन्दीप श्रेष्ठले खेलको ९० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए।
बागमतीका गोलरक्षक उमेश पाख्रिनले ९० औँ मिनेटमा दोहोरो पहेंलो कार्डको सामना गर्दै मैदान छाडेका थिए । त्यही अवसरलाई सदुपोग गर्दै सन्दीपले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
बागमतीका एलिस खेलको म्यान अफ द म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
आयोजकले क्वाटरफाइनलमा फागुन ६ गते विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा बिहीबारको सिमराको नवजनजागृती युवा क्लब र ए डिभिजन टोली एनआरटीबीच प्रतिस्धर्पा हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]