default_image

2 years ago

February 15, 2024

एपिएफ, पुलिस र सैनिक महाविद्यालय सेमिफाइनलमा

437 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक नेपाल एपिएफ स्कुल कीर्तिपुर (क), सल्लाघारीको सैनिक आवासीय महाविद्यालय र साँगाको नेपाल पुलिस स्कुल अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

योसँगै प्रतियोगिताको सेमिफाइनल सेमीकरण पूरा भएको छ । जोरपाटीको मनकामना सेकेण्डरी स्कुल बुधबार नै प्रतियोगिताको अन्तिम चारमा पुगेको थियो ।

बिहीबार क्वार्टरफाइनलमा पुलिस स्कलुले आयोजक एपिएफ (ख) लाई १–० ले हराएको थियो । प्रशान्त मोक्तानको गोलमा पुलिस स्कुलले जित हािसल गरेको थियो । पुलिसका निश्चल मगर म्यान दी म्याच चुनिए ।

अर्को खेलमा सैनिक महाविद्यालय कीतिपुरको लेबोरेटरी माविलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको थियो । सैनिक महाविद्यालयका डिग विजय शाहीले ह्याट्रिक गरेका थिए भने रोहित श्रेष्ठ २ र सन्दिप शर्माले १ गोल गरेका थिए । १ गोल आत्मघाती भएको थियो । सैनिकका रोहित श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए ।

आयोजक एपिएफ (क) ले जोरपाटीको नेपालय इग्लिस पब्लिक स्कुललाई ६–० फराकिलो अन्तरले हराएको थियो । एपिएफका तेन्जिङ शेर्पा, विवेक पश्चिमा थारु र रोहित गोलेले समान २ गोल गरेका थिए । एपिएफका दिपेश गुरुङ म्यान अफ दी म्याच चुनिए ।

प्रतियोगितामा शनिबार एपीएफ(क) र मनकामना तथा पुलिस स्कुल र सैनिक आवासीयबीच सेमिफाइनल खेल हुनेछ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.