default_image

5 months ago

February 15, 2024

फरार भनिएका उपाध्यक्ष एन्फा बैठकमा अनुपस्थित

537 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा बिहीबार एन्फा कार्यसमितिको बैठकमा उपस्थित भएनन् ।

लागु औषध खैरो हिरोइनको कारोबारमा अदालतबाट दोषी रहेको र सजाय भुक्तान नगरी फरार रहेको पाइएको समाचार सार्वजनिक भएयता लामा फुटबलका कुनै पनि गतिविधिमा संलग्न छैनन् ।

गत वर्ष अध्यक्ष पंकज विक्रम नेम्बाङको प्यानलबाट एन्फा उपाध्यक्षमा निर्वाचित लामा लागु औषधको कारोबारमा उच्च अदालतबाट दोषी ठहर भएका व्यक्ति भएको देखिएको छ ।

उच्च अदालत पाटनबाट २०६४ जेठ २० गते फैसला हुँदा लामालाई लागु औषध खैरो हिरोइन बेचबिखन गर्न लागेको कसुरमा दोषी ठहर गर्दै ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो । कैद र जरिवानाको फैसला सुनाइएको भएपनि लामा कैद र जरिवाना भुक्तान नगरी फरार रहेको खुलेको हो ।

एन्फाका निर्वाचित २१ सदस्यीय कार्यसमिति मध्ये लामा मात्र अनुपस्थित भएका हुन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा शुक्रबार भएको बैठकमा अध्यक्ष नेम्बाङ , अन्य पदाधिकारी र सदस्य गरि १९ जना भौतिक रुपमा तथा अर्का उपाध्यक्ष दीपक खतिवडा भर्चुलमाध्यमबाट बैठकमा उपस्थित थिए ।

पहिलो दिन बैठकमा चर्चा नभएपनि शुक्रबार पुनः बस्ने बैठकमा लामाका बारेमा प्रश्न उठ्ने सम्भावना रहेको बताइएको छ ।फागनु १४ गते नियमित साधारण सभाको तयारीका रुपमा बिहीबारका लागि बोलाइएको बैठक केहि समयमै स्थगित भएको र शुक्रबारका लागि पुनः डाकिएको एन्फाका एक पदाधिकारीले जानकारी दिए ।

बैठकमा झण्डै ३० वटा भन्दा बढी एजेन्डा रहेको र बिहीबार २ वटा एजेन्डामा मात्र छलफल गरेर बैठक स्थगित भएको बताइएको छ । कार्यसमितिका पदाधिकारी र सदस्यले विषय बस्तुमा अध्ययनका लागि समय अभाव भएको आवाज उठाएपछि अध्यक्ष नेम्बाङ बैठक स्थगित गरेका थिए । एन्फाले सदस्यहरु पेमा डोल्मा लामा र रविन्द्र चन्दले थप गर्न माग गरेको बुँदालाई एजेण्डालाई पनि समावेश गरेको बताइएको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.