default_image

5 months ago

February 16, 2024

मेस्सीको पूर्व क्लब विरुद्ध इन्टर मियामीको बराबरी

915 views

0 Bookmark

एजेन्सी – स्टार खेलाडी लियोनेल मेस्सीको पूर्व क्लब निवेल ओल्ड ब्वाइज विरुद्ध उनी आवद्ध अमेरिकी क्लब इन्टर मियामीले मैत्रीपूर्ण खेलमा बराबरी खेलेको । मियामीको घरेलु मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको हो ।

खेलको ६४औं मिनेटमा रोबर्ट टेलरको क्रसमा श्यानिडर बोर्गेलिनले हेडर मार्फत गोल गर्दै मियामीका लागि अग्रता दिलाएका थिए । तर ८३औं मिनेटमा फ्रान्को डियाजले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलमा मेस्सी र लुईस सुआरेज सुरुवाती रोजाइमा रहेर खेल्दै ६०औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

मियामीको प्रि-सिजन अन्तर्गत यो अन्तिम खेल रहेको थियो । प्रि-सिजन यात्राकै क्रममा मियामीले यसअघि एसिया भ्रमण गरेको थियो । एसियामा साउदीको अल हिलाल विरुद्ध ४-३ ले पराजित भएको मियामी अल नासरसँग भने ६-० ले पराजित भयो ।

हङकङमा भने हङकङ-११ विरुद्ध मियामी ४-१ ले विजयी भएको थियो ।एसिया भ्रमण अन्तर्गत जापानमा खेलेको अन्तिम खेलमा भिसेल कोबे र मियामी गोलरहित बराबरी खेलेका थिए ।

मियामीले आउँदो बिहीबार रियल साल्ट लेक विरुद्ध घरेलु मैदानमा खेल्दै नयाँ मेजर लिग सकर सिजनको सुरुवात गर्ने छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.