2 years ago
February 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईमाथि घुस लिएको आरोप लागेको छ । राईले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शुक्रबार सरिता परियारको नामबाट उजुरी दर्ता भएको छ ।
उजुरी पत्रमा भनिएको छ, अखिल नेपाल फुटवल संघ (एन्फा) र शेर्पा आउट डुअर स्पोर्टस गुड्स इंन्डष्ट्रिज प्रालि (केटिएम सिटी) बीच एन्फालाई आवश्यक पर्ने खेल सामग्री आपूर्ति गर्ने सम्झौता गरिएको छ । संघका महासचिव किरण राईले पदको दुरुपयोग गरि बक्यौता रकम देउ भन्दा अनेक बहाना गरि पटक पटक वार्गेनिङ्ग गरि रकम मागी लिने गरेको र रकम दिएमा अबको कन्ट्रयाक पनि तपाईको कम्पनीलाई नै दिन्छु, भनि केटिएम सिटिबाट रकम बुझि लिने गरेको केटिएम सिटि श्रोतले जानकारी गराएको छ ।’
केटिएम सिटीका सिईओ निमा शेर्पा र सोही कम्पनीको प्रतिनिधि राजु सिंहबीच भएको ह्वाट्स एप मेसेजका अनुसार सिईओ शेर्पासंग राईले बुझेको प्रष्ट हुने उजुरीमा दाबी गरिएको छ । राईले पटक पटक गरि २५ लाख रुपैयाँ लिएको आरोप लागको छ ।
२३ जुन, २०२३ मा दरबारमार्ग पुरानो घरबाट दिनको २:२० बजे ५ लाख रुपैयाँ , २ जुलाई २०२३ मा पुरानो बानेश्वरमा अवस्थित हट ब्रेड रेष्टुरेन्टमा अफिस टाईम पछि रु. १० लाख रुपैयाँ २० देखि २५ सेप्टेम्बरमा बानेश्वरस्थित रातो भाले रेष्टुरेन्टमा अफिस आवर पछि साँझपख १० लाख रुपैयाँ लिएको आरोप लगाइएको छ ।
रकम महासचिव राईले अध्यक्ष समेतलाई बुझाउनुपर्छ भनि भनेको वाट्स एप मेसेजमा उल्लेख गरेको दाबी गरिएको छ ।
महासचिव राईले भने आफूविरुद्ध पटक पटक षडयन्त्र हुँदै आएको र आफूले त्यसको सामना गर्ने बताएका छन् । ‘आरोप त जसले जसलाई लगाएपनि भई हाल्यो । सरिता परियार भन्ने म चिन्दिन । छदम नाम हुन सक्छ,’ उनले भने,‘आरोप प्रमाणित गर्न चुनौती दिन्छु । अध्यक्षको पनि चरित्र हत्या गर्न खोजिएको छ । मेरो चरित्र हत्या गर्ने श्रृखंलाकै रुपमा यसलाई लिएको छु ।’
केटिएम सिटीले आफूविरुद्ध अदालतमै मुद्दा लागेको प्रसंग उल्लेख गर्दै महासचिव राईले पैसा दिएको प्रमाणित गर्न चुनौती दिएका छन् । ‘कानुनी रुपमा प्रमाणित गर्नुपर्यो नि । आरोप लगाएर मात्र हुन्छ,’ उनले थपे,‘षडयन्त्र सफल हुँदैन । यसको सामना गर्न म तयार छु ।’
परियारले एन्फा पदाधिकारी र सदस्यहरुलाई सम्बोधन गर्दै इमेल लेखेकी छिन् ।
इमेलमा भनिएको छ ।
आदरणीय एन्फाका पदाधिकारी तथा सदस्यज्यूहरु
आज मैले अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले भष्ट्राचार गरेको भनि सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रत्यक्ष उजुरी दिएकी छु भने सिआईविमा ईमेल मार्फत उजुरी दिएकी छु । आशा छ नेपालको सरकारी संयन्त्रले भष्ट्राचार गर्ने जुन सुकै व्यक्तिलाई कानुनी कठघरामा ल्याउने छ भन्ने विश्वास लिएकी छु ।
तपाईहरुले पनि यो ईमेल प्राप्त भए पछि यस विषयलाई गम्भिरतापूर्वक लिई किरण राई उपर छानवीन गर्न स्वतन्त्र र निश्पक्ष छानवीन समिति वनाउने अपेक्षा लिएकी छु । हैन भने तपाईहरुले फुटबल खेलको विकासका लागि जति सुकै ठूला कुरा गरे पनि त्यसले सार्थकता पाउदैन । कुनै दोधार भएमा यसै ईमेलसाथ फोन नम्बरहरु संलग्न छ । कल गरेर वुझ्न सक्नु हुन्छ ।
उजुरी पत्र




November 7, 2025
दिपक बोहोरा / हिमाल खरेल , झापा नेपाल पुलिस क्लबले एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। संकटा एफसीलाई आज २-० गोलले पराजित पुलिस अन्तिम दुईमा पुगेको हो। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा खेलको सुरुवाती मिनेटदेखि नै दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरे पनि पहिलो हाफमा गोल रहित बराबरी रह्यो। २४औं मिनेटमा पुलिसले कर्नर […]


November 7, 2025
रविन्द्र वाईबा ,हेटौंडा देउराली युथ क्लब (धनकुटा) ले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा जन जागृती युवा क्लब बर्दियालाई ३-१ गोलले हराउँदै लिगमा पहिलो जीत निकालेको हो। जागृतीका लागि शम्भु थारुले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेपनि टिमलाई हारबाट जोगाउन भने सकेन । देउरालीका मिलन […]


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) का विरुद्ध गरेको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एकबद्धता जनाएको छ। खेल्न पाउनुपर्छ भन्ने माग सहित फुटबल खेलाडी संघले एन्फा विरुद्ध बिहीवार धर्ना प्रदर्शन गरेको थियो। खेलाडी संघले शुक्रवार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ए […]