default_image

5 months ago

February 17, 2024

आयोजक एपिएफ र पुलिस स्कुल फाइनलमा

644 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल (ए) र साँगाको नेपाल पुलिस स्कुलबीच प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ ।

शनिबार भएको सेमिफाइनलमा एपिएफले जोरपाटीको मनकामना सेकेन्डरी स्कुललाई ४–० र पुलिस स्कुलले सल्लाघारीको सैनिक आवासिय महाविद्यालयलाई पेनाल्टी सुट आउटमा ३–२ ले पराजित गर्दै एकअर्कासँगको भेट पक्का गरेको हो ।

एपिएफको जितमा विकास बोहोराले २ तथा तन्जिङ शेर्पा र रोहित गोलेले गरेका थिए । विजयी टोलीका विकास बोहोरा खेलको म्यान अफ दी म्याच घोषित भएका थिए । उनलाई सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाईले ट्रफी प्रदान गरे ।

पुलिस र सैनिक महाविद्यालयबीचको दोस्रो सेमिफाइनलमा निर्धारित ६० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । टाइब्रेकरमा सैनिक महाविद्यालयले बाजी मार्यो । पुलिसका दिप्सन परियार खेलको म्यान अफ दी म्याच घोषित भए । उनलाई सैनिक महाविद्यालयका प्रिन्सिपल दलप्रसाद पुनले ट्रफी प्रदान गरे । फाइनल मंगलबार हुनेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.