default_image

5 months ago

February 17, 2024

म्यानचेस्टर सिटी र चेल्सी भिड्दै

415 views

0 Bookmark

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आज राती म्यानचेस्टर सिटी र चेल्सी भिड्दै छन् । खेल राती ११:१५ बजे सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा सुरु हुने छ ।

सिटी हाल २३ खेलमा १६ जित, ४ बराबरी र ३ हार सहित ५२ अंक बटुल्दै दोस्रो स्थानमा रहेको छ । सिटी हाल उच्च लयमा रहेको छ । सिटीले डिसेम्बर १६ मा क्रिस्टल प्यालेस विरुद्ध बराबरी खेलेपश्चात लगातार सबै खेलमा जित हात पारेको छ । स्टार खेलाडी केभिन डी ब्रुइन र एरलिङ हालान्डको पुनरागमन पश्चात सिटी बलियो हुँदै गएको छ ।

उता चेल्सी भने २४ खेलमा १० जित, ४ बराबरी र १० हारसहित ३४ अंक बट्दै १०औं स्थानमा छ । पछिल्लो पाँच खेलमा मात्र दुई खेल जितेको चेल्सीले निकै धेरै खर्चका बाबजुद लयमा समात्न सकेको छैन । सिटीविरुद्धको खेल पनि चेल्सीका लागि कठिन हुने आँकलन गरिएको छ ।

प्रिमियर लिगमा हाल जारी खेलमा लिभरपुल र ब्रेन्टफर्ड भिड्दै छन् । यस्तै आज ८:४५ बजे थप पाँच खेल समेत हुँदै छन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.