default_image

5 months ago

February 18, 2024

म्यानचेस्टर सिटी चेल्सीसँग हारबाट जोगियो

648 views

0 Bookmark

एजेन्सी – खेलको अन्त्यतिर रोड्रिगोले गोल गरेपछि म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा हार बाट जोगिएको छ ।

शनिबार घरेलु मैदानमा सिटीले चेल्सीलाई १–१ को बराबरीमा रोकेको थियो । यो सँगै सिटीले घरेलु मैदानमा अपराजित यात्रालाई कायम राख्यो ।

बराबरीले टोलीको उपाधि दौडमा केही धक्का लागेको छ । उपाधि होडमा रहेका लिभरपुल र आर्सनलले जित निकाल्दा सिटीले भने अंक बाढेको हो ।

८३ औं मिनेटमा रोड्रिगोले सिटीका लागि बराबरी गोल गरेका थिए। त्यसअघि ४२ औं मिनेटमा रहिम स्टर्लिङको गोलमा चेल्सीले अग्रता लिएको थियो ।

त्यसअघि शनिबारका अन्य खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ४–१ ले र आर्सनलले बर्नलीलाई ५–० ले हराएको थियो । फुलहमलाई १–० ले हराएर एस्टन भिल्ला ४९ अंकका साथ चौथो स्थानमा उक्लेको छ ।

उल्भ्ससँग २–१ ले पराजित टोटनहम पाँचौं स्थानमा झर्‍यो । नटिङ्घम फरेस्टले वेस्ट ह्यामलाई २–० ले हरायो थियो। न्युकासल युनाइटेड र बर्नमाउथले १–१ को बराबरी खेलेका थिए।

शीर्षस्थानको लिभरपुलको २५ खेलबाट ५७ अंक छ । त्यत्तिकै खेलबाट दोस्रो स्थानको आर्सनलको ५५ अंक छ । एक खेल कम खेलेको सिटीको ५३ अंक छ । चेल्सी ३५ अंकसहित दसौं स्थानमा छ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.