default_image

5 months ago

February 18, 2024

अल नासरको जितमा रोनाल्डोको गोल

505 views

0 Bookmark

एजेन्सी – साउदी क्लब अल नासरले साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा जित हात पारेको छ । अल नासरले घरेलु मैदानमा अल फतेह माथि २-१ को जित दर्ता गरेको हो

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र ओटाभियोले एक एक गोल गरे ।

सुल्तान अल घनामको पासको सदुपयोग गर्दै खेलको १७औं मिनेटमा गोल गरेर रोनाल्डोले खेलमा आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । तर २९औं मिनेटमा सलेम अल नाज्दीले बराबरी गोल गर्दै अल फतेहलाई खेलमा फर्काए ।

७२औं मिनेटमा अल घनामकै पासमा ओटाभियोले हेडर मार्फत गोल गर्दै खेलमा अल नासरलाई जित दिलाए ।

जित पछि २० खेलमा ४९ अंक बटुलेको अल नासर लिग तालिकाको दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको अल हिलालको १९ खेलमा ५३ अंक छ ।

अल फतेह भने २० खेलमा २९ अंकसहित सातौं स्थानमा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.