12 months ago
February 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दमकको चुलाचुली फुटबल क्लबले ४५ औं हाङ्थुम् कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा डाँडाबजार युवा क्लब धनकुटालाई पराजित गर्दै चुलाचुली च्याम्पियन बनेको हो ।
संखुवासभा मादि नगरपालिका स्थित हाङ्थुम् क्लबको मैदानमा सम्पन्न खेलमा चुलाचुलीले टाइब्रेकरमा जित निकाल्यो । निर्धारित समयको खेल १-१ को बरबरी भएपछि खेलको निर्णय टाइबेकरमा भएको हो । उपाधिसँगै चुलाचुलीले २ लाख २ हजार २२ रुपैयाँ हात पार्यो । डाँडाबजारले १ लाखमा चित्त बुझायो ।
डाँडाबजारका कप्तान बिपिन लिम्बुको प्रहार बाहिरिएको थियो भने बिरेन लिम्बु, विवेक राई, अनिस मगर र योगेश थिगिमले गोल गरे । चुलाचुलीका सागर तिवारी, हेमन लिम्बू, सविन घिमिरे, सविन राई र कृष्ण क्षेत्रीको प्रहार सफल भयो ।
खेलको ३८ औं मिनेटमा अनिस मगरले गोल गरेपछि डाँडा बजारले खेलका अग्रता लिएको थियो । तर अतिरिक्त समयमा सागरले पेनाल्टीमा गोल गरेपछि चुलाचुली खेलमा फर्किएको थियो ।
प्लेयर अफ द फाइनल चुलाचुलीका कप्तान तीर्थ बस्नेत घोषित भए । व्यक्तिगत विधातर्फ पनि चुलाचुलीकै बर्चस्व रहयो । सागर सर्वोत्कृष्ट खेलाडी घोषित भए । सागर र धरान फुटबल क्लबका दिनेश राइले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते । दुवैले ४-४ गोल गरेका थिए । सर्वोकृष्ट गोलरक्षक चुलाचुलीकै कृष्ण क्षेत्री बने ।
निकट दाहाल स्मृति उदयिमान खेलाडी हाङ्थुम् क्लबका दिपेन जिमीले हात पारे ।
February 12, 2025
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् । पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे । भिटिन्हाले २१औं […]
February 12, 2025
एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल भयो। सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल […]
February 11, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]