2 years ago
February 18, 2024
हेटौंडा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लब छैटौं बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आइतबार अन्तिम क्वाटरफाइनलमा आयोजक बागमती खेलकुद विकास समितिलाई ४–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।
बागमती–८ स्थित जनता माविको खेल मैदानमा आर्मीलाई जित दिलाउन जिलेस्पी जंग कार्की, रास बुढा मगर, फत्तेमान घलेले र कमल थापाले गोल गरेका थिए ।
२६ औं मिनेटमा जिलेस्पीको गोलबाट आर्मीले अग्रता बनाएको थियो । रासले ५३ औं मिनेटमा गोल गरे । फत्तेमानले ६३ औं र कमलले ७५ औं मिनेटमा गोल गरेपछि आर्मीको सहज जित भएको थियो । म्यान अफ दी म्याच चुनिएका फत्तेमानले १० हजार रुपैयाँ प्राप्त गरे ।

आर्मीले सेमिफाइनलमा अर्को विभागिय टोली नेपाल एपिएफ फुटबल क्लबको सामना गर्नेछ । प्रतियोगितामा सोमबार हुने पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]