default_image

5 months ago

February 19, 2024

बायर्न फेरि निराश

503 views

0 Bookmark

एजेन्सी – बायर्न म्युनिखको खराब प्रदर्शनले निरन्तरता पाएको छ। बायर्न म्युनिखले पछिल्लो ९ दिनमा तेस्रो हार बेहोर्ने क्रममा आइतबार बुन्डेस लिगामा भिएफएल बोचुमसँग ३-२ ले पराजित भएको छ ।

खेलमा लिएको अग्रता जोगाउन बायर्नले असफल भएको‌ थियो । खेलको १४ औं मिनेटमा जमाल मुसियालाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर पहिलो हाफको अन्त्यतिर बोचुमले २ गोल गर्दै अग्रता बनाएको थियो । टाकुमा असानोले ३८ औं र केभेन स्क्लोटरबेकले ४४ औं मिनेटमा गोल गरेका थिए।

७६ औं मिनेटमा डायोट उपामेकानोले रातो कार्ड पाएपछि बायर्न १० खेलाडीमा सिमित भएको थियो । ७८ औं मिनेटमा केभिन स्टोजरले पेनाल्टीबाट गोल गर्दै बोचुको‌ अग्रतालाई फराकिलो बनाएका थिए।

खेल सकिन ३ मिनेट बाँकी रहँदा ह्यारी केनले गोल फर्काए पनि टोलीको हारबाट टरेन । यसअघिका‌ दुई खेलमा बायर्न लेभरकुसनसँग ३-० र च्याम्पियन्स लिगमा लाजियोसँग १-० ले पराजित भएको थियो । सन् २०१५ मेयता बायर्नले लगातार ३ खेल गुमाएको यो पहिलोपटक हो ।

शीर्ष स्थानको‌ लेभरकुजन भन्दा बायर्न ८ अंकले पछि परेको छ । दोस्रो स्थानमा‌ रहेको बायर्नको २२ खेलमा ५० अंक छ । बोचुमको २५ अंकसहित ११ औं स्थानमा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.