default_image

5 months ago

February 19, 2024

राष्ट्रिय टोलीका डिफेन्डर अन्जन अष्ट्रेलिया तर्फ

3701 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका डिफेन्डर अन्जन राई पनि घरेलु फुटबल छाडी अष्ट्रेलिया भासिएका फुटबलरको सूचीमा थपिएका छन् । सोमबार अष्ट्रेलियाका लागि प्रस्थान गर्दै उनले घरेलु फुटबललाई हालका लागि बिट मारेका छन् ।

पछिल्लो समय राष्ट्रिय टोलीका नियमित सदस्य रहेका उनले गत नोभेम्बरमा युएई विरुद्ध विश्वकप छनोटको खेलमा डेब्यु गरेका थिए ।

नेपाल पुलिस क्लब बाट ए डिभिजन लिग खेल्दै आएका उनले गत सिजन पुलिसले तेस्रो स्थान हासिल गर्दा अहम भूमिका निभाएका थिए । रक्षापंक्तिमा उनको योगदान बाहेक उनले लिगमा ३ गोल समेत गरेका थिए ।

नेपाल सुपर लिगमा भने उनले दुबै संस्करणमा काठमाडौं रेजर्सको प्रतिनिधित्व गर्दै पहिलो संस्करणको उपाधि विजेता टोलीमा सामेल थिए । उनले दोस्रो संस्करणका केही खेलमा टोलीको कप्तानी समेत गरेका थिए ।

एनएसएल सकिएसँगै एन्फाले फुटबल क्यालेन्डर सार्वजनिक गर्न नसक्दा खेलाडीको विदेशिने क्रमले फेरि गति लिएको छ । ए डिभिजन लिग सकिएपनि बी र सी डिभिजन लिग सुरु हुन सकेको छैन । त्यसैले नयाँ सिजन सुरु नहुने पक्का हुँदा खेलाडीमा वितृष्णा बढेको हो । अझै दर्जन बढी राष्ट्रिय टोली र उमेर समूह खेलेका खेलाडीले विदेश जाने प्रक्रियामा रहेको बुझिएको छ ।

पलायनको समस्या खेलाडीबाट अफिसियलतर्फ पनि बढ्न थालेको छ । राष्ट्रिय र बहालवाला फिफा रेफ्री नै विदेशिने विगत पुन: दोहोरिने डर बढेको छ । नेपालका केहि सक्रिय रेफ्री पनि विदेश जाने प्रक्रियामा लागेका छन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.